सशस्त्र प्रहरीका डीआईजी चन्द्रप्रकाश गौतम एआईजीमा बढुवा सिफारिस

डिआईजी प्रकाशचन्द्र गौतम सशस्त्र प्रहरी बल,नेपालको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारीस भएका छन् । सशस्त्रमा रिक्त रहेको एक एआईजी पदमा आवेदन दिएका दावेदार डिआईजीहरु वंशी दाहाल र किशोर प्रधानलाई पछि पार्दै गौतम एआईजी बन्न सफल भएका हुन् । हुनत् गौतम दाहाल र प्रधान भन्दा सिनियर अफिसर हुन् ।

गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डित्तईजी गौतमलाई सशस्त्र प्रहरी बल, नेपालको नियमावली अनुसार एआईजीमा बढुवा सिफारिस गरेको हो । दुईजना एआईजी रहने सशस्त्र बलमा यस अगाडी सरकारले डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरिसकेको छ । एआईजी सिफारिस भएका आर्मी पृष्ठभूमिका गौतम कार्यसम्पादनमा अब्बल मानिन्छन् ।

को हुन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतम ?

ताप्लेजुङको विकट खेवांग गाउँमा जन्मिएर तेह्रथुमको आठराईमा हुर्किएका हन् एआइजी गौतम । गौतमले २०५१ सालमा अर्गानिक केमेस्ट्रीमा एमएससीको पदाई सकेपछि तत्कालीन शाही नेपाली सेनाको सहायक सेनानीमा लोकसेवा उत्रिण गरेर देशको सेवा शुरु गरेका थिए । भाहि आईजिपीका रुपमा समेत हेरिएक्षा गौतम सिमा सुरक्षार्थ समेत लामाे समय खटिए ।

सेनामा रहदा खरिपाटीमा तालिम गरिराखेका बेला विदेशमा तालिमका लागि छनौट भए। उनी भारतको देहरादुनमा अधिकृत तालिम सकेर नेपाल फर्किए। त्यो बेलामा केमेस्ट्री बिषयमा मास्टर्स सकेको गौतम करिव ५ वर्ष नेपाली सेनामा बिताएपछि संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा पहिलोपटक पूर्वी टिमोरमा शान्ति स्थापानार्थ खटिए । पर्वी टिमोरमा रहँदा मिलिसियासँगविरुद्धको अभियानमा फिल्ड कमान्डरका रुपमा जिम्मेवारी पुरा गर्दै त्यहाँका जनतालाई सुरक्षा प्रदान गरेको अनुभव उनीसँग छ। त्यसो त् सशस्त्रमा आएपछि पनि एआईजी गौतम शान्ति स्थापनाका लागि २००२ मा इराक पुगेका थिए।

प्रतिक्रिया दिनुहोस