नेपालमा पहिलो पटक “फ्री फायर” च्याम्पियनसिप हुँदै, विजेताले १० लाख पाउने

अनलाइन गेम “फ्री फायर ” ले नेपालमा पहिलो पटक “फ्री फायर नेपाल च्याम्पियनसिप” घोषणा गरेको छ ।

कूल १० लाख राशीको उक्त च्याम्पियनसिपमा कूल ५ हजार १८४ टोलीले सहभागिता जनाउने ‘गरिना फ्री फायर’ कम्पनीले जनाएको छ । फ्री फायर भनेर चिनिने उक्त गेमको उत्पादक ‘गरिना फ्री फायर’ हो ।

यही २६ जेठ (जुन ९) देखि साउन १ (१७ जुलाई) सम्म हुने उक्त प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ पाउने कम्‍पनीले बताएको छ ।

उक्त प्रतियोगितामा सहभागी हुनको लागि आज देखि जेठ १७ सम्म आवेदन दिनुपर्नेछ । आवेदन यो लिंकबाट दिन सकिन्छ ।

सहभागी टोलीहरूले चार चरण पूरा गर्नुपर्नेछ र सबै खेलहरू ब्याटल रोयल स्क्वाड मोडमा खेलाइने बताइएको छ ।

जेठ २६ गतेदेखि छनौट सुरु हुनेछ । शीर्ष १२ टोलीहरू असार १७ (जुलाई १) देखि असार २६ (जुलाई १०) सम्म लिग चरणमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस