प्रचण्डको ओलीलाई चुनौती– ‘अबको चुनाव जितेर एमालेको प्रधानमन्त्री हुँ भनेर देखाउनुस्’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अबको निर्वाचनमा प्रधानमन्त्री भएर देखाउन चुनौति दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल (संसद)मा बोल्दै अध्यक्ष ‘प्रचण्ड’ले ओलीले विगतमा माओवादी केन्द्रको सहयोगमा २ पटक प्रधानमन्त्री भएपनि बैशाखी भन्दे खिसिट्युरो गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

त्यस्तै २०७४ सालमा माओवादी केन्द्रको मतसहित प्रधानमन्त्री बनेर एमालेको प्रधानमन्त्री भनेकोप्रति उनले आक्रोश व्यक्त गरे ।

‘एक्लैले प्रधानमन्त्री भएको छु भन्ने भ्रम छ भने त्यो भ्रम हटाइदिनुस् । तपाई एक्लै प्रधानमन्त्री हुनभएकै छैन,’ उनले भने, ‘पहिलो पटक पनि तपाईको भाषामा बैशाखी टकेरै हुनभएको हो । दोस्रो पटक हाम्रो पनि भोट लिएर प्रधानमन्त्री हुनुभएको हो । अब भएर देखाउनुस् त।’

यदी अबकाे चुनावबाट जितेर एमालेकाे प्रधानमन्त्री हुँ भनेर भन्न ओलीलाई ‘प्रचण्ड’ले चुनौतिसमेत दिएका छन् ।

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मालाई गर्दै माओवादी केन्द्रकै सहयोगमा २–२ पटक प्रधानमन्त्री भएर माओवादीलाई नै अपमान गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस