सांघाईवासीहरुको मानसिक स्वास्थमा प्रतिकुल प्रभाव पार्दैछ चीनको शुन्य कोभिड निति

यस वर्षको मार्च महिना देखि नै चीनको औधोगिक र आर्थिक शहर सांघाई लकडाउनमा छ । यसै बिच शहर वासीहरु लामो समय घरभित्रै बस्नु पर्ने भएकाले मानसिक समस्या, डिप्रेसन र अन्य मानसिक रोगहरुबाट ग्रस्त हुँदै गएको पाइएको छ । प्रशासनले अस्पतालहरुलाई केहि मानसिक र मनोपरामर्श श्रोतहरु जुटाएपनि सांघाईमा यो पर्याप्त हुन सकेको छैन । सर्वत्र चीनको शुन्य कोभिड नितिले समस्त शहरलाई नै बन्द गरेको र त्यहाँका बासिन्दाहरुको नैसर्गिक अधिकारमाथि नै हनन भएको आरोपहरु आइरहेका छन् ।

विश्व स्वास्थ रिपोर्टका अनुसार त्यहँ भएको २ महिनाको लकडाउनले कामलाई ठप्प पारिदिएको छ । मान्छेहरुको सामाजिक प्रवृतिलाई घरभित्रै कारागारमा राखेको जस्तो भान गराउने यस अमानविय कार्यले मानिसहरुमा एक्लोपना, डर, संक्रमणको त्रास, परिवारको माया, शोक, डिप्रशन र जीवन र जीवीकोपार्जनको चिन्ता झनै बढाएको छ ।
विश्व स्वास्थ रिपोर्टका अनुसार सांघाईका स्वास्थकर्मीहरु मा नै पनि आत्महत्याको प्रवृति बढ्दो छ ।

विशेषज्ञहरुका अनुसार कोभिड नियन्त्रणका लागि पछिल्ला वर्षहरुमा भएका कदमहरुबाट चीनको नेतृत्वले केहि सिक्न सकेन । विश्वभरि नै फैलिएको कोभिड १९ को एपीसेन्टरका रुपमा लिइएको चीनको वुहान शहरमा नै पनि लकडाउनको समयमा त्यहाँका मान्छेहरुका मानसिक स्वास्थका लागि सरकारले लिएको कदमहरु र उपायहरु पर्याप्त पटक्कै थिएन ।

ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशीत कोभिडको प्रथम वेभमा संक्रमितहरुको बारेमा एउटा रिपोर्टका अनुसार चीनमा प्रथम बेभका क्रममा संक्रमित आधा भन्दा बढि मानिसहरुले अझै पनि त्रास, श्वाँसप्रश्वाँसमा समस्या, अधिक थकान र अनिन्दा्रको समस्या सामना गरिरहेका छन् ।

यस रिपोर्टले चीनको प्रशासनले आफ्ना मान्छेहरुलाई कोभिडपछिका दिनहरुमा मानसिक स्वास्थ र कार्यशीलता अनि समग्र अर्थतन्त्रलाई नै टेवा दिने उत्पादकत्वमा सहभागी हुनका लागि तयार गर्न नसकेको पुष्टि गर्दछ । बेइजिगंको चीन जापान मैत्रीपूर्ण अस्पतालका डाक्टरहरुले गरेको एक अध्ययनमा कोभिड शुन्य निति अन्र्तगत चीनले बढाएको लकडाउन र कडाईहरुलाई विश्वका अन्य देशहरुले खुकुलो पार्दै गएको आवागमनसंग तुलना गर्दै चीनको नितिलाई नै प्रश्न गरेको पाइयो ।

विशेषज्ञहरुका अनुसार सांघाई अहिले मानसिक रोगीहरुको सुधार केन्द्र जस्तो भएको छ, मानिसहरु सामान किन्न बाहिर जान सक्दैनन, साथीभाई भेट्न र काम गर्न जान पाँउदैनन अनि आफ्नो परिवार र साथीभाइको मृत्युको शोक मनाउन बाहिर निस्केमा पनि प्रशासनले सजाय दिन्छ । चीन एउटा अधिनायकवादी नेतृत्वमा छ, यसले विश्वका अन्य देशहरु र विज्ञहरुको विज्ञतालाई स्वीकार गर्दैन र सबैकुरा आँफैले मात्र जानेको छ भन्ने बिश्वास गर्दछ भनी विशेषज्ञहरुले टिप्पणी गरेका छन् ।

अरुहरुका अनुसार चीन अहिले मिडिया शटडाउनमा छ, कसैले पनि सिजिगंपिंगको नेतृत्व विरोधी या शुन्य कोभिड निति ले गर्दा आफुमा परेको प्रतिकुल प्रभाव मिडियामा प्रकाशन गर्न पाँउदैनन । आफ्ना जनताहरुको पीडामा चीनको नेतृत्वलाई कुनै दिलचस्पी नै छैन । नेतृत्व केवल चीनको सिवश्वव्यापी छवी र बजारमा मात्र केन्द्रित छ । आफ्ना मान्छेहरुप्रति चीनको नेतृत्वको धारणा त उहिगुर मुसलमान र टर्कि भाषा बोल्ने चीनका अन्य मुसलमान समुदायप्रतिको दमनले नै स्पष्ट पारिदिएको छ ।

स्वास्थ क्षेत्रका राष्ट्रसंघका विज्ञ एक कर्मचारीका अनुसार कोभिडको मुद्धा आइसिंग अन द केक भएको छ । जनस्वास्थको हिसाबले यसरी अनावश्यक लकडाउन गर्नु असाध्यै नराम्रो निर्णय हो, उनले बताए ।

चीनले अब भाइरससंग बाँच्न सिक्नुपर्नेमा यसरी लकडाउन झनै कडाइ गरेर त्यहाँका मान्छेहरुलाई थप मानसिक स्वास्थको जोखिममा हालिरहेको छ ।
चीनको सर्च इन्जिन बाइडुका अनुसार गत अप्रिल महिनामा चीनमा सर्वाधिक धेरै मनोसामाजिक परामर्शका कुराहरुबारे सर्च गरिएको छ ।

पछिल्ला ३० दिनमा मनोसामाजिक परामर्शका उपयाहरु सर्च गर्ने व्यक्तिहरुको सख्याँमा २५३ प्रतिशतले वृद्धि भएको हो । चीनको नेतृत्वका लागि यस डाटाले एउटा वेकअप कलको काम गर्न सकोस् ।

प्रतिक्रिया दिनुहोस