शुक्रबारको दिन कुन कुन देवी देवताको विशेष पुजा आराधना गर्ने ?

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् ।

शुक्रबारको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार- सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ।

धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।यो दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।

यिनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस