फास्ट ट्र्याक ठेक्कामा दुई चिनियाँ निर्माण कम्पनी निलम्बित

काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को सुरुङ निर्माणको जिम्मा लिएका दुई चिनियाँ कम्पनीलाई छिटो र गुणस्तरीय काम नगरेको भन्दै निलम्बन गरिएको छ । निलम्बनहुने कम्पनीहरुमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन र पोली चाङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेड रहेका छन् ।

फास्ट ट्र्याक कन्सल्टेन्ट योसिन इन्जिनियरिङ कर्पोरेशन(कोरिया एक्सप्रेसवे कर्पोरेशन र प्योङयाङ इन्जिनियरिङ कन्सल्टेन्ट जेभीले मे २३ मा दुवै कम्पनीलाई निलम्बन गरेको जानकारी दिँदै पत्र पठाएका थिए। निलम्बन कहिलेसम्म गरिनेछ भन्ने पत्रमा उल्लेख छैन ।

निलम्बनपछि दुवै प्याकेजको निर्माण कार्य ठप्प छ । पहिलो प्याकेजमा चाइना स्टेट र दोस्रो प्याकेजमा पोली चाङ्डाले काम गरिरहेको थियो । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुवै कम्पनीसँग २०७८ वैशाख ३१ गते नै सम्झौता भएको थियो । तर, सम्झौता भएको एक वर्ष बितिसक्दा पनि निर्माणमा कुनै प्रगति हुन सकेको छैन ।

निर्माण कम्पनीलाई मौखिक, लिखित र प्राविधिक बैठकमा जानकारी गराए पनि निर्माण कम्पनीले कार्यसम्पादन सुधार गर्न कुनै चासो नदेखाएको परामर्शदाताले पठाएको पत्रमा उल्लेख छ । निर्माण कम्पनीलाई परामर्शदाताले पठाएको पत्रमा रोजगारदाता र निर्माण व्यवसायीको संयुक्त सर्वेक्षणबाट सम्झौताबमोजिमको काम सन्तोषजनक नभएको उल्लेख छ ।
निर्माण कम्पनीसँग दक्ष टनेल इन्जिनियर नभएको, कमजोर कारीगरी, डिजाइन र कार्यविधिको बेवास्ता, उपकरण र उचित निर्माण सामग्री उपलब्ध गराउन नसकिएको र सञ्चालनमा नआउनुपर्ने कारण निलम्बनमा परेको विज्ञहरुले बताएका छन् ।

द्रुतमार्गको पहिलो प्याकेजमा चोक्रेडाँडादेखि ढेद्रेसम्म ३ अर्ब ३५५ किलोमिटर सुरुङ निर्माणका लागि चीन को कम्पनीले २१ अर्ब ६१ करोड रुपैयाँको ठेक्का पाएको छ । दोस्रो प्याकेजमा पोली चन्दले धेद्रेदेखि लेनडाँडासम्म सुरुङ निर्माणका लागि २८ अर्ब ५३ करोडको ठेक्का पाएका छन् । यसको दूरी ३.०३ किमी छ।

प्रतिक्रिया दिनुहोस