केरलाको वायनाड प्राइममा ट्री बैंकिङ परियोजना सामुदायिक प्रयास को उदाहरण

महामारीले प्रभाव पार्दा केरलाको वायनाड जिल्लाको मीनांगडीको अग्रगामी “ट्री बैंकिंग” पहल अवरोधमा पर्ने चिन्ता थियो। तर त्यसको विपरित सन् २०१६ मा थनाल र मीनानगढी पञ्चायतले गैरसरकारी संस्थाबाट सुरु गरेको आयोजनाले थप गति लिएको छ ।

द प्रोमिज अफ कमन्सु मा यसको शृङ्खलाको एक भागको रूपमा, १०१ जना रिपोर्टरहरूले थानालले वायनाडको ११४१२ टन कार्बन डाइअक्साइड उत्पादनको अतिरिक्त मूल्याङ्कन गर्न मोडेल कसरी ल्याए भन्ने कुराको रिपोर्ट गरे । मीनानगडी लाई कार्बन न्यूट्रल बनाउन पहलको रूपमा, पञ्चायतले यस क्षेत्रमा रूख रोप्ने परियोजना सुरु गर्यो। बदलामा, रूखहरू न काट्न किसानहरूलाई प्रोत्साहन दिइन थालिएको छ ।

थानलका कार्यकारी निर्देशक जयकुमार सीले ज्ञण्ज्ञ रिपोर्टर्सलाई लकडाउन सुरु हुँदा प्रारम्भिक चुनौतीहरू भए पनि स्थानीय सहयोगले छिट्टै परियोजनालाई ट्रयाकमा ल्याउन मद्दत गर्यो भनी बताएका छन् । स्कूलहरू बन्द हुँदा, बालबालिकाहरु घरमा थिए – यसको मतलब त्यहाँ उनीहरूको योजनामा साथ दिन थप स्वयंसेवकहरू थिए। साथै, यातायात ठप्प भएपछि वन विभागलाई समयमै बिरुवा पुर्‍याउन गाह्रो भयो, तर यो समस्या पनि चाँडै समाधान भयो।

महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन (MGNREGA), देशको ग्रामीण जीविकोपार्जन योजना जसले ग्रामीण परिवारहरूलाई १०० दिनको काम प्रदान गर्दछ, यसै परियोजना मार्फत रेकर्ड संख्यामा बिरुवाहरू खरिद गरियो।

“हामीले अपेक्षा गरेभन्दा धेरै प्रगति देख्यौं, स्थानीय समुदायले स्वामित्व लिएका साथै वृक्षारोपण अभियानहरू, विशेष गरी मनरेगा मार्फत भएका अभियानहरु थप सशक्त भए । हामीले लगभग ४ लाख बिरुवा रोप्यौं, जसमध्ये लगभग २.४ लाख मनरेगा अन्तर्गत का प्रयासहरू मार्फत थिएस स्थानीय बासिन्दाले आफैंले एक लाख रोपेका छन्,’ जयकुमारले भने । “मूल एजेन्डाको लगभग 60% देखि 65% पूरा भएको छ। कामको प्रगतिको हिसाबले हामीले सुरु गरेदेखि नै ठूलो प्रगति भएको छ,’ जयकुमारले भने ।

केरलाको यस “ट्री बैंकिंग” अभियान समुदायको स्वामित्व र सहभागितामा कार्वन न्यूटा्रलिटीको लागि विश्वका लागि नै एक उत्कृष्ट अभियानको उदहारणीय मोडल बन्न गएको छ ।

प्रतिक्रिया दिनुहोस