तियानमेन स्क्वायर नरसंहारको वार्षिकोत्सवमा टोकियोस्थित चिनियाँ दूतावास बाहिर विरोध प्रदर्शन

टोकियो [जापान], जुन 4 (एएनआई): चीनको नाकाबन्दी भनेको हङकङको तियानमेन स्क्वायर नरसंहारको ३३ औं वार्षिकोत्सवको सम्झनामा लगातार दोस्रो वर्ष पनि बिभिन्न अवरोधका बाबजुद जापानमा ठुलो सख्याँमा मान्छेहरु भेला भएर प्रर्दशन गरिएको छ । विगत केही दशकहरूमा चिनियाँ कम्युनिष्ट पार्टीका दुष्कर्महरू पुनस् उजागर गर्न राम्रो संख्यामा त्यहाँका चिनिँया समुदायका मान्छेहरु आएर प्रर्दशन गरेका हुन् ।

जापानी नागरिक, तिब्बती, उइघुर, मङ्गोलियन र अन्यले टोकियोमा रहेको चिनियाँ दूतावास बाहिर र जापानभरका अन्य ठाउँहरूमा हङकङका आफ्ना साथीहरूसँग ठूलो सङ्ख्यामा सामेल भए।
तियानमेन स्क्वायरलाई कहिल्यै नबिर्सन सबैलाई आह्वान गर्दै सहभागीहरूले विभिन्न मानवअधिकार र चीनद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन: सिनजियाङमा नरसंहार, भित्री मङ्गोलियामा मातृभाषाको दमन, तिब्बतमा सांस्कृतिक नरसंहार, वाणीको आधारभूत अधिकारको हनन् र हङकङमा अभिव्यक्ति स्वतन्त्रताको दमनका नाराहरु लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस