एउटा मोटरसाइकलमा ७ जना चढेर हिँड्दा ट्राफिकले समातेपछि…

काठमाडौं । बिहारको शिवहर जिल्लामा एक व्यक्तिले बाइक चलाएको भिडियो भाइरल भएको छ। ती व्यक्ति ६ जना यात्रुसहित बाइकमा बसिरहेका थिए । यति मात्र होइन, मोटरसाइकल चालक पनि हेलमेट बिना नै थिए । मोटरसाइकलमा सवार मध्ये २ महिला र ४ बालबालिका रहेका थिए । त्यो बाइकमा सवार व्यक्तिलाई देख्ने जो कोही छक्क परे । यो पूरा मामला शिवहर जिल्लाको नगर थाना क्षेत्रको हो।

एउटै मोटरसाइकलमा सवार दुई महिला र बालबालिकासहित सात जनालाई देखेर प्रहरी पनि छक्क परेको छ । नगरको नवाब हाईस्कुल नजिकै सवारी चेकजाँचका क्रममा मोटरसाइकल चालकलाई प्रहरीले रोकेको हो । यति धेरै यात्रु बोकेको भन्दै घटनास्थलमा उपस्थित प्रहरीले पहिले उक्त व्यक्तिलाई गाली गरे । पछि त्यसरी बाइक नचड्न सुझाव दिए ।

यसैबीच, सार्वजनिक रूपमा मोटर वाहन ऐनको अवहेलना गर्ने व्यक्तिको भिडियो भाइरल भएपछि मानिसहरूले पनि रमाइलो मानिरहेका छन्। कसैले यसलाई पेट्रोल र डिजेलको बढ्दो मूल्यसँग जोडेर हेरिरहेका छन् भने कसैले यसलाई मनोरञ्जनको रुपमा लिएका छन् । भिडियो भाइरल भएपछि नगर थानाध्यक्षले पनि अगाडि आएर स्पष्टीकरण दिनुपरेको थियो । उनले त्यसरी सवारी साधन नचलाउन चालकहरुलाई आग्रह गरे ।

यसरी मोटरसाइकल चलाउँदा दुर्घटना हुने सम्भावना बढेको नगर प्रहरी चौकी प्रमुख रघुनाथ प्रसाद बताउँछन् । उनले यसरी मोटरसाइकल नचलाउन त्यस्ता चालकलाई अनुरोध गरेका छन् । यदि त्यस्ता व्यक्तिहरू मान्दैनन् भने उनीहरूलाई मोटर वाहन ऐन अन्तर्गत कारबाही गरिने र जरिवाना पनि गरिने र कतिपयलाई सम्झाएर सुधार्ने मौका पनि दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस