आज आइतबार सुनचाँदी किन्दै हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

साताको पहिलाे दिन आज (असार १२ गते) आइतबार नैपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ सयले बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज आइतबार तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज आइतबार ५ रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस