श्रीमानलाई कुकुरझैं बाँधेर डोर्याउँदै बजार घुम्दै फोटो खिच्दै

काठमाडौं। ब्राजिलमा एक महिला आफ्ना श्रीमानलाई कुकुरजस्तै बाँधेर डोर्याउँदै सडकमा घुमिरहेकी देखिइन् । यी महिलाका तस्वीरहरु सामाजिक संजालमा भाइरल भएपछि मानिसहरु अचम्ममा परे । महिलाले आफ्ना श्रीमानलाई एउटा चेनले घाँटीमा कुकुरझैं बाँधेर डोर्याइरहेकी थिइन् । यी महिलाले आफूले यस्तो गर्नुको कारणबारे जे तर्क गरेकी छिन् त्यो पनि निकै रोचक छ ।

डेलीस्टारको रिपोर्टअनुसार यी महिलाको नाम लुआना कजाकी हो र उनका पतिको नाम आर्थर ओ उर्सो हो । यी दुई ब्राजिलको एक भिडभाडयुक्त रेलवे स्टेशन र सडकमा घुम्दै फोटो खिचाइरहेका देखिएका थिए । फोटोमा देख्न सकिन्छ कि कसरी लुआनाले आफ्ना पति आर्थरलाई कुनै कुकुरलाई जस्तै व्यवहार गरिरहेकी छिन् ।

आर्थरको घाँटीमा एउटा फलामको चेन थियो जुन चेन लुआनाले समाइरहेकी थिइन् । लुआनाले त्यही चेन समातेर आर्थरलाईै डोर्याउँदै घुमाइरहेकी थियन् । आर्थरको अनुहारमा एउटा मुकुण्डो पनि थियो । यो मुकुण्डो कुकुरको मुखजस्तै थियो । लुआनाका अनुसार उनले आफूहरुबीच प्रेम र रोमान्स बढाउनको लागि यस्तो गरेकी थिइन् ।

एक अन्तरवार्तामा लुआनाले भनिन् ‘मलाई यसबाट केही फरक पर्दैन कि मानिसहरु के सोच्छन् । मैले कुनै गैरकानुनी काम गरिरहेकी छैन । हामीले कसैलाई दुःख नदिइ यस्तो काम गरेका छौं । हामी मान्छौं कि यसबाट हामी दुईको बीचमा प्रेम र यौन इच्छा बढ्छ ।’

प्रतिक्रिया दिनुहोस