सूर्यको बयान : रक्सी पिएर सुतेका थियौँ, उठ्दा दिलमायालाई झुन्डिएको देखेँ

लोक गायिका दिलमाया सुनारको रहस्यमय मृत्यु प्रकरणमा जोडिएका सूर्य श्रेष्ठले आफूले हत्या नगरेको बयान दिएका छन्। 

शनिबार बिहान ११ बजे नेपालटारस्थित कोठामै दिलमाया रहस्यमय अवस्थामा मृत भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेका उनले सुरूदेखि नै दिलमायाको हत्या नगरेको बयान दिइरहेका छन्। 

सूर्यले दिलमायाले पासोका रुपमा प्रयोग गरेको सल आफूले चक्रपथस्थित सडकको नालीमा फ्याँकिदिएको बताएका थिए।

उनकै सूचनाअनुसार त्यहाँ पुगेको उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले दिलमायाले पासो लगाउन प्रयोग गरेको भनिएको सल बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस