भावुक ‘सुसाइड नोट’ लेख्दै गायिका दिलमाया सुनारले भनेकि थिइन्– मसित थोरै सुन छ, बेचेर मेरो छोरालाई दिनू

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर ११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति दिलमायाले फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिनु भनेकी छन् ।

यस्तो छ उनले लेखेको नोट…….

नमस्कार सबै जनामा मिठो सम्झना छ । जिन्दगीमा उचारचढाव धेरै भोगेँ । तर जब म जान्ने भए अनि म एक्लो भएँ । कसैको माया माया पाउन जति कोसिस गरे पनि सकिनँ । तर पनि हार खाइनँ । तर ऐले धेरै गाह्रो भयो । म बाचेर पनि दिनदिनै मर्न सकिनँ ।

आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगीको मोडमा धेरै अप्ठेरा आए । पार पनि गरेँ । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाऊ आमा ? दुःख पोख्न माइती आउँ भने तिमीलाई सबै कुरा थाहा छ । म भित्रभित्रै मरेर बाचेछु । आमा म नभएर के भो त चार बहिनी छोरी छन् । मन बुजाउनू । नरुनू । छोरा तिमीलाई धेरै पढाउन मन र ठूलो मान्छे बनाउन मन थियो ।

सकिनँ । तिमी जसरी भए पनि ठूलो मान्छे बन्नु है । म नभए त पनि मेरो आशिर्वाद् सधैँ तिमिसित हुनेछ । बहिनी हर्ष आमालाई गाली नगर्नू । आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनू जसले भए पनि । म थाकेँ । धेरै थाकेँ । अब म बाँच्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ ।

म आफ्नो इच्छाले यो कदम चाल्दै छु । कसैलाई दोष छैन । कसैले खोजी नीति पनि नगर्नू । मलाई पोष्टमार्टम पनि नगर्नू । मसित पैसा छैन । मसित थोरै सुन छ । त्यो सुन बेचेर मेरो छोरालाई दिनू । घरबेटीहरूलाई कसैले केही नगर्नू । अरसलाई पनि कसैलाई केही नगर्नू ।

मेरो शव जसरी हुन्छ घरसम्म पुर्‍याइ दिनू । अफ्ठेरोमा मेरो छोरालाई हेर्दिनू । छोरा चिन्ता नगर्नू । यही सम्झिनू मेरो आमा सानैमा मरेको हो भनेर मन बुजाउनू । सबैले मलाई कायर भन्नुहुन्छ होला । मलाई बाच्न अति गाह्रो भयो । कति बेला के हुन्छ थाहा छैन मेरो जीवन ।

प्रतिक्रिया दिनुहोस