मन्त्रीबाट राजीनामा दिँदै गर्दा रामकुमारी झाँक्रीका आखाँमा आँशु

असार १२ काठमाण्डौँ । एकीकृत समाजवादीका तर्फबाट शहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले आज राजीनामा दिने क्रममा आँशु झारेकी छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले पार्टीको निर्णय अनुसार राजीनामा दिएकी छन् ।

यस अघि आजै प्रेम आलेले पर्यटन मन्त्रीबाट राजीनामा दिएका थिए । उनले निजी एयरलाईन्सले आफू अनुकुल मन्त्री ल्याउन लाग्ने गरेको समेत बताएका छन् ।

अन्य मन्त्रीले समेत राजीनामा दिने तयारी भईरहेको बुझिएको छ । एकीकृत समाजवादीले पहिले गएका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेपछि सो पार्टी भित्र विवाद बढेको थियो ।

प्रतिक्रिया दिनुहोस