आफैलाई ९० अंक दिएर बिदा भए पर्यटनमन्त्री आले, समयले मागे फेरी मन्त्री हुने

असार १२ काठमाण्डौँ । पर्यटनमन्त्री प्रेम आलेले राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा कार्यरत रहँदाको अवधिमा गरेको काममा आफैलाई ९० अंक दिएका छन् । मन्त्री आलेले समयले मागेमा फेरी पनि मन्त्री हुने बाचा गरेका छन् ।

उनले भने–‘काम गर्दै जाने क्रममा मैले गल्ति बोलेको भए त्यो मेरो नियत थियो भन्ने नठानी दिनुहोला । त्यस्ता त्रुटीबाट म सचेत रहनेछु । मन्त्रीबाट बाहिर गएपछि म सांसदको रुपमा रहने र विकृतिका विरुद्धमा आवाज उठाइरहने छु । समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु ।

यसवर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रम र अन्यौलतालाई चिर्न मोदीबाट बुद्धको जन्म नेपालमा नै भएको हो भनेर बोलेको र सो कार्यक्रमको आफू अध्यक्षता गरेको विषयलाई पनि उनले आफ्नो सफलता मानेका छन् ।

प्रतिक्रिया दिनुहोस