गायिका दिलमाया विक मृत्यु प्रकरण : श्रीमानसँग डिभोर्स गरेर लिभिङ टुगेदरमा बस्थिन्, घटनाको राति के के भयो?

काठमाडौं : भित्तामा केही थान प्रमाणपत्र झुण्डाइएका छन्। खुट्टे खाटमा रातो रंगको वेडसिट ओछ्याइएको छ। कार्पेट बिनाको भुइँमा सिमेन्टको चिसोले ओसिएको देखिन्छ। सानो गलैंचा पनि कोठामा ओछ्याइएको छ। खाटको छेउमै छ काले रंगको प्लाष्टिकको पानी राख्ने भाडो।

कालो टाउजर र हल्का गुलाबी रंगको टिसर्ट लगाएकी दिलमाया विकको मृत शरीर खाटमा पल्टिएको छ। केही दिनअगाडि सम्म रमाइला दोहोरी गीत गाउने लोक दोहोरी गायिका दिलमाया बिक अब यो संसारमा छैनन्। आइतबार विहान उनी आफ्नै कोठामा मृत भेटिएकी थिइन्।

आइतबार नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी विकको हत्या भएको आशंका गरिएको छ। जिल्ला अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रवक्ता कृष्ण कोइरालाकाअनुसार गायिकाको मृत्यु शंकास्पद रहेको छ। प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको हुनसक्ने केही प्रमाणहरु फेला परेका छन्।

कोइरालाकाअनुसार गायिकाले मध्यरातमा सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन्। घटनामा संग्लन भएको आरोपमा सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ पक्राउ परेका छन्।

श्रेष्ठ र दिलमायाबीच निकट सम्बन्ध रहेको खुलेको छ। उनको शवलाई पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ। आफन्तहरु सुर्खेतबाट आइनसकेकाले पोष्टमार्टम हुन सकेको छैन। पोष्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै घटनाको बारेमा थप जानकारी हुने कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस