गायिका दिलमाया सुनारको मृ,त्युबारे धेरै देखिए सं,काहरु ? ह,त्या कि आ,त्महत्या ? (भिडियो हेर्नुहोस)

शुक्रबार रातको १:२० बजे लोकगायिका दिलमाया सुनारको फेसबुकमा देखिएको ‘म थाकेँ, अब बाँच्‍न सक्दिन’ आशयको लामो सुसाइड नोट मुन्तिर केही भिडियो क्लिपहरु पनि छन्। माथिको हरफ तिनैमध्येको एक हो, जुन उनी आफैंले गाएको दोहोरी गीतको थियो।

दिलमायाको दोहोरीमात्रै सुन्‍नेहरुलाई यो एउटा गीतमात्रै लाग्‍न सक्छ, तर जसले दिलमायालाई नजिकबाट बुझेको छ, उनीहरुलाई थाहा छ, यो उनले आफ्नै मन बुझाउन गाएको पीडाको गीत थियो। उनले यसअघि दिएको युट्युब अन्तरवार्ताहरु फर्केर हेर्दा पनि थाहा हुन्छ, आफ्नाहरुसँग टाढिएपछि उनी साह्रै विक्षिप्त थिइन्।

शनिबार बिहान नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी दिलमायाको मृत्युलाई लिएर अहिले अनेक प्रश्‍नहरु उब्जिरहेका छन्। हत्या हो या आत्महत्या? आफैं सलको पासो लगाइन् या अर्कैले लगाइदियो? आफैँ फेसबुकमा लेखिन् या अर्कैले लेखिदियो?

त्यसरात उनको कोठामा उनको प्रेमी पनि रहेको तथ्यले उनको मृत्युलाई झन् रहस्यमय बनाइदिएको छ। अझ ढोका खुल्ला छोडेर भाग्‍नु, घाँटीको सल महाराजगन्जस्थित नालीमा लगेर फाल्नु र उनले फेसबुक चलाएको मोबाइल गायब हुनुले उनको मृत्युमाथि झन् धेरै शंका गर्ने ठाउँहरु छाडिदिएको छ।

प्रतिक्रिया दिनुहोस