कुन राशिले के उपाय अपनाउदा मिल्छ धन लाभ ? यी हुन् धन प्राप्त गर्ने १२ राशिका १२ उपाय

काठमाडौँ ।यदी कुनै व्यक्तिले धन सम्बन्धी काम, नोकरी वा वैवाहिक जीवनमा समस्याको सामना गरिरहनु परेको छ भने उनीहरुले ज्योतिषका केही उपाय अप्नाउनु पर्दछ। ज्योतिषको उपाय अनुसार कुण्डलीको दोष हटाउन तथा यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ।

ज्योतिषाचार्य सुनील नागरका अनुसार राशि अनुसार केही उपाय अप्नाउँदा शुभ फल प्राप्त हुने गर्दछ। आज हामी तपाईलाई धन प्राप्त गर्नका लागि कुन राशिका व्यक्तिले कुन उपाय अप्नाउने भन्ने बारेमा जानकारी दिदैछौँ।

मेष राशिः यस राशिका व्यक्ति घरबाट निस्किनुभन्दा पहिले चन्दन वा टिका लगाएर निस्किनु शुभ मानिने गरिन्छ।

वृष राशिः यस राशिका व्यक्ति घरबाट बाहिर निस्किदा दही खाएर निस्किनु पर्दछ।

मिथुन राशिः मिथुन राशिका व्यक्तिले धन सम्बन्धी काम गर्नुअघि धनिया वा सौफ खाएर घरबाट निस्किनु शुभ मानिने गरिन्छ।

कर्कट राशिः कर्कट राशिका व्यक्ति घरबाट निस्किदा पानीमा थोरै गंगाजल मिसाएर पिउँदा शुभ मानिने गरिन्छ।

सिंह राशिः सिंह राशिका व्यक्तिले तामाको सिक्का आफ्नो साथमा राख्दा शुभ फल प्राप्त हुने गर्दछ। साथै यी राशिका व्यक्तिले हरेक दिन बिहान सूर्यलाई जल चढाउनु पर्दछ।

कन्या राशिः कन्या राशिका व्यक्ति हरियो कपडामा थोरै साबुन र धनियाँ बाँधेर आफ्नो साथ राख्नु शुभ मानिने गरिन्छ।

तुला राशिः तुला राशिका व्यक्तिले चाँदीको सिक्का आफ्नो साथ राख्नु शुभ मानिने गरिन्छ। यसो गर्दा कुण्डलीमा कुनै दोष छ भने पनि हट्ने गर्दछ।

वृश्चिक राशिः वृश्चिक राशिका व्यक्तिले घरको लकरमा रातो रंगको कपडामा पैसा बाँधेर राख्दा सुख, समृद्धि बढ्ने गर्दछ।

धनु राशिः धनु राशिका व्यक्तिले आफ्नो साथमा लक्ष्मी कौडीलाई पहेलो कपडामा बाँधेर राख्नु शुभ मानिने गरिन्छ।

मकर राशिः धन सम्बन्धी कुनै ठूलो काम गर्दै हुनुहुन्छ भने सुरुवातमा थोरै कालो तिलको सेवन गर्नु शुभ मानिने गरिन्छ।

कम्भ राशिः कुम्भ राशिका व्यक्तिले हरेक दिन कालो कुकुरलाई रोटी खुवाउनु शुभ मानिने गर्दछ।

मिन राशिः मिन राशिका व्यक्तिले हरेक दिन घरबाट निस्किनु अघि केसरको टिका लगाउनु शुभ मानिने गरिन्छ

प्रतिक्रिया दिनुहोस