बुबा ऋषी कपुरको फिल्म ‘प्रेम ग्रन्थ’मा छोरा रणबीरले पाएका थिए २५० रुपैयाँ पारिश्रमिक,आफ्नो पहिलो तलब असल छोरा बनेर आमाको चरणमा थिए चढाएका

मुम्बई :बलिउड अभिनेता रणबीर कपुर यतिबेला आफ्नो रिलिज हुन लागेका दुई फिल्म ‘शमशेरा’ र ‘ब्रह्मास्त्र’का कारण चर्चामा छन् । लामो समयपछि अभिनेता रणबीरका दुई फिल्म रिलिज हुन लागेका हुन् । यस अघि उनले आधा दशक अहिला सफल फिल्म सञ्जु दिएका थिए । त्यसपछि रणवीर कपूरले सफल फिल्म दिन सकेनन् । अब भने आफ्नो करिअर फेरी माथि उठ्ने विश्वास यी अभिनेताको छ ।

रणबीरको फिल्म ‘शमशेरा’ जुलाई २२ मा रिलिज हुँदैछ । अर्को ‘ब्रह्मास्त्र’ सेप्टेम्बर ९ मा रिलिज हुँदैछ । रणवीर फिल्म ‘ब्रह्मास्त्र’ मा आफ्नी पत्नी आलिया भट्टको जोडी बनेर प्रस्तुत भएका छन् । आलियासँग विवाह गरेपछि आफुलाई निकै राम्रो हुन थालेको अभिनेता रणबीरको कथन छ । आफुहरुलाई आमा नीतु कपूरले पनि त्यत्तिकै खुलेर साथ र प्रेरणा दिईरहेको रणबीरले बताएका छन् ।

अहिले रणवीर कपुरले आफ्नो एउटा फिल्मबाट करोडौं कमाउँछन् । आफु बुबा आमाको प्रेरणा र आर्थिक साथले अघि बढेको उनको कथन छ । बुबाले आफुलाई बाल्यकालमै फिल्ममा कामको अबसर दिएपछि आफु यो क्षेत्रतर्फ आकर्षित भएको उनको कथन छ । रणवीरले पहिलो पटक बुबा ऋषी कपुरको मुख्य भूमिका रहेको फिल्ममा प्राविधिक भएर काम गर्दा २५० रुपैयाँ मात्र पारिश्रमिक पाएको बताएका छन् । सन् १९९६ मा बुबा ऋषी कपुरको फिल्म ‘प्रेम ग्रन्थ’मा सहायक निर्देशक ९क्वाप ब्वाई० भएर रणबीरले काम गर्दा त्यो फिल्मबाट २५० रुपैयाँ पारिश्रमिक पाएका थिए । आफ्नो पहिलो तलब असल छोरा बनेर आमाको चरणमा चढाएको रणबीरको कथन छ ।राजधानि दैनिकमा खबर छ ।

रणवीर कपुरले त्यतिबेलाको पारिश्रमिक’दयगत अहिले भनेका छन्, ‘असल बच्चाहरू जस्तै म मेरी आमाको कोठामा गएँ र त्यो चेक उनको खुट्टामा राखें । त्यो देखेर उहाँ रुनु भयो ।’ रणवीरले सन् १९९६ मा रिलिज भएको राजीव कपूर निर्देशित फिल्म प्रेम ग्रन्थबाट सहायक निर्देशकको रुपमा फिल्म उद्योगमा आफ्नो करियर सुरु गरेका थिए । फिल्ममा उनका पिता ऋषि कपुर र माधुरी दीक्षितले मुख्य भूमिका निर्वाह गरेका थिए । यही फिल्मबाट उनले पहिलो पारिश्रमिक थापेका थिए । सन् १९९६ मा ऋषि कपुर र माधुरी दीक्षितको फिल्म ‘प्रेम ग्रन्थ’ रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस