जुरेलीलाई समातेर हिलोमा पछार्ने युवा भन्छन- जिस्किदा जिस्किदै…

काठमाडौं । रेस्लर अस्मिता जुरेलीले हिजो रोपाइँ उत्सव मनाउने क्रममा अपरिचित व्यक्तिले आफूमाथि हातपात गरेको आरोप लगाइन् । युवा संघले आयोजना गरेको कार्यक्रममा संघकै एक युवाले दुर्व्यवहार गरेको उनको दाबी छ ।

अस्मिताले आरोप लगाएका व्यक्ति युवा संघ नेपालकै केन्द्रीय सदस्य हिक्मत बोहरा ‘हिलारी’ रहेको खुलेको छ । बोहराले आफूले नियतवस अस्मितामाथि कुनै दुर्व्यवहार नगरेको प्रष्टीकरण दिए । अस्मिताले भनेजस्तो आफूहरू अपरिचित पनि नभएको उनको भनाइ छ ।

‘हामी एउटै पार्टीका कार्यकर्ता हौं, सधैँ कार्यक्रमहरूमा भेट भइरहने बहिनी हो,’ उनले भने, ‘जिस्किँदा-जिस्किँदै यस्तो घटना भयो ।’रमाइलो गर्ने क्रममा जिस्केर हिलोमा लडाएको भए पनि आफूले हातपात भने नगरेको उनको भनाइ छ ।

‘उहाँले किन गलत सोच्नुभयो थाहा छैन, तर मैले गलत नियतले उहाँलाई छोएको थिइनँ,’ बोहराले भने । अस्मिताले आफूमाथि जाइलागेपछि उनलाई रोक्न दुवै हात समातेको बोहोराले बताए । उनले घटनालाई अतिरञ्जित नबनाउन सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस