महालक्ष्मी योग २०२२: यस तिथिमा बनिरहेको छ महालक्ष्मी योग, चम्किने छ यी ३ राशिको भाग्य !

बुद्धशुक्र युति 2022: जुन 18 मा शुक्र ग्रह वृष राशिमा प्रवेश गर्नेछ। यस राशिमा बुध ग्रह विराजमान भइसकेकोले दुवैको मिलनबाट महालक्ष्मी योग बन्न लागेको छ । ज्योतिषीहरूका अनुसार जहाँ बुधलाई वाणी, संचार र बुद्धिको मालिक मानिन्छ। साथै शुक्रलाई सुख र समृद्धिको प्रदाता पनि भनिन्छ । वृष राशीमा दुवै ग्रहको मिलनले महालक्ष्मी योग बन्ने छ, जसले तीन राशिका लागि लाभ मिल्ने छ ।

सिंह- महालक्ष्मी योगले सिंह राशिका लागि धेरै शुभ फल दिनेछ। नोकरी, व्यवसाय वा कुनै क्षेत्रमा राम्रो अवसर मिल्नेछ। जागिरमा पदोन्नति र वृद्धि पनि हुन सक्छ। यस अवधिमा व्यवसायीहरूले मनग्य लाभ लिन सक्नेछन्।

कर्कट-महालक्ष्मी योगले कर्कट राशिका व्यक्तिहरूको मान-सम्मानमा वृद्धि हुनेछ। लामो समयदेखि रोकिएका काम वा योजनाहरू अब सफल हुन सक्छन्। नोकरीमा पदोन्नति हुन सक्छ। लामो र लाभदायक यात्रामा जानुपर्ने हुन सक्छ। बढ्दो खर्च नियन्त्रण हुनेछ र ऋणबाट पनि मुक्ति मिल्नेछ।

वृश्चिक– वृश्चिक राशिका लागि महालक्ष्मी योग निकै शुभ रहनेछ । आयस्रोत बढ्नेछ । नोकरी, व्यवसायमा लाभको स्थिति रहनेछ। यस अवधिमा यो राशिका व्यक्तिहरुको प्रेम जीवन पनि सुखद रहनेछ । पार्टनरसँग रोमान्टिक पल बिताउने मौका मिल्नेछ। आफन्त र साथीभाइको सहयोग मिल्नेछ र सम्बन्ध सुमधुर हुनेछ ।

Disclaimer =यहाँ प्रदान गरिएको जानकारी केवल अनुमान र जानकारीमा आधारित छ। यहाँ यो उल्लेख गर्न महत्त्वपूर्ण छ कि Ujaylo nepal.com ले कुनै पनि प्रकारको मान्यता, जानकारी पुष्टि गर्दैन।

प्रतिक्रिया दिनुहोस