अधुरो नछोड्नुस् जीवनमा यी ४ काम : भलो हुँदैन ,सुख शान्ति हुँदैन !

मानिस सुखी र समृद्ध कसरी बन्छ भन्ने विषयमा नीति शास्त्रमा धेरै कुरा उल्लेख छ । यस्ता नीतिको पालना गरेमा जीवनमा सुखी बन्न सकिने र सफलता हात लाग्ने शास्त्रविदहरु बताउँछन् । यस्तै नीति शास्त्रमा जीवनमा अधुरो छोड्न नहुने ४ कुराको उल्लेख गरिएको छ ।
कुन काम छोड्नु हुँदैन अधुरो ?

शत्रुता:जीवनमा कसैसँग पनि शत्रुता कायम राखेर छोड्नु हुँदैन । सके सम्म शत्रुतालाई मित्रतामा बदल्न कोशिस गर्नु पर्छ या त शत्रुतालाई निमिट्यान्न पार्न नसके शत्रुलाई निमिट्यान्न पार्नु पर्ने नीतिमा उल्लेख छ । शत्रुता कायम रहेमा जीवनमा यसले समयमा समयमा दुःख र झन्झट ल्याइरहने भएका कारण शत्रु सँधै डरको कारण बनिरहन्छ जसले जीवनमा शान्ति र सुख पाउन कठिन हुन्छ ।

आगो:यदि कहिँ आगो लागेको छ भने आगो सम्पूर्णरुपमा निभाउनु बुद्धिमानी हुन्छ । सानो भनेर आगोको अंश पनि छोडियो भने त्यसले भिषणरुप धारण गर्न कत्ति पनि बेर लगाउँदैन । आगोलाई कतिपय सन्दर्भमा आक्रोशसँग पनि तुलना गरिएको छ । तसर्थ आगो र आक्रोशलाई पूर्णरुपमा निवारण गरेर मात्र छोड्नु पर्छ अधकल्चो छोड्नु हुँदैन ।

रोग:कुनै पनि ब्यक्तिलाई कुनै रोग विमार लागेमा रोगको पूर्ण निवारण गर्नु पर्छ । कुनै पनि रोगलाई सामान्य भनेर उपचार नगरी अधकल्चो छोड्दा त्यसले अर्को भयकंर रोगलाई निम्त्याउन सक्छ । सामान्य भन्दा सामान्य रोगलाई पनि राम्रोसँग उपचार नगर्दा पुनः त्यही रोगले सताउने वा बारम्बार दुःख दिने हुन्छ । रोगलाई कहिल्यै पनि अधकल्चो पारेर छोड्नु हुँदैन सँधै निवारण गरेर उपचार गर्नु पर्छ नीतिमा उल्लेख छ ।

ऋण वा उधारो:कुनै पनि ब्यक्तिले कसैको उधारो वा ऋण लिएको छ भने त्यसलाई पुरै चुक्ता गर्नु उत्तम हुन्छ । ऋण वा उधारो पूर्ण रुपमा नतिर्दा सम्म त्यसले अनेक झन्झट दिने हुन्छ । उधारोमा हिसाव गडबड हुने र ऋणमा ब्याजले ढाड सेक्ने खतरा सँधै कायम रहन्छ । यसले आफूलाई मात्र होइन पुस्ता र सन्ततीलाई समेत पोल्न सक्छ । तसर्थ जीवनमा कहिल्यै पनि उधारो वा ऋणलाई अधकल्चो पार्नु हुँदैन यसलाई पूरै क्लियर पार्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस