दुई बालकलाई बाढीबाट जोगाउने यी बाबुछोराको सर्वत्र चर्चा, जसले आफ्नै ज्यान जोखिममा राखेर कमालको शैलीमा यसरी गरे उद्धार, तस्विर भाइरल

काठमाडौं :आफ्नै ज्यान जोखिममा राखेर दुई बालकहरुको बाढीबाट उद्दार गरेको एक भिडियो भाइरल बनेको छ ।

भाइरल भिडियो ओमनको रहेको बताइएको छ । ओमानी नागरिक अलि बिन नासेर अल वार्दीले नदीको सुन्दर दृष्यावलोकनका लागि आफूसँग जान बुवालाई कुरा गरिहेका थिए ।

जब उनीहरु आफ्नो घरबाट बाहिर निस्किए, बाबु–छोराले देखे कि बाढी उर्लिएको नदीमा फसेका दुई बच्चाहरु सहाराका लागि चिच्याइरहेका थिए ।

उनीहरु एउटा जैतुनको रुखको जरालाई पकडेर आफ्नो ज्यान बचाउन लडिरहेका थिए । त्यो देखेपछि उनले आफुले कपडा कुकालेर कम्मरमा एउटा डोरीले बाधेर अर्को छेउमा बुवालाई समात्न लगाए ।

त्यसपछि बाढीमा होमिएर बचचलाई जोगाए । त्यसबेला आफ्नो दिमागमा बच्चाहरुको ज्यान जोगाउने कुरा मात्रै रहेको र भगवानको प्रार्थना गरिरहेको उनी बताउँछन् ।‘म जोडजोडले चिच्याएर उनीहरुलाई नआत्तिनका लागि हौसला दिइरहेको थिएँ । वरिपरी कुनै बलियो चिज भए त्यसलाइ समात्न भनिरहेको थिएँ । तर, त्यस्तो चिज केही थिएन ।

जसरी–तसरी म उनीहरुसम्म पुगेँ । उनीहरुलाई छुनासाथ मेरो आँखाबाट बर्बरी आँशु बगे उनले भने । अल वार्दी भन्छन्, ‘म भगवानलाई धन्यवाद दिन्छु कि मैले उनीहरुलाई सकुशल उद्दार गर्न सकेँ ।’ अल वार्दीका अनुसार ती बच्चाहरु १३ र ७ वर्षका थिए ।

प्रतिक्रिया दिनुहोस