नछुटाई पढ्नुहोला पाँचऔंलेमा हुन्छन् यस्ता औषधीय गुण ! यस्तो छ प्रयोग गर्ने तरिका

काठमाडौँ । नेपालको हिमाली क्षेत्रमा पाइने पाँचऔंलेबारे धरैलाई थाहा नहुन सक्छ । पाँचऔंलेमा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् । नेपाली नाम पाँचऔंले भए पनि स्थानीय भाषामा यसलाई हत्ताजडी, पाँच पाते लगायतका नामले समेत चिनिन्छ । आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ ।

यसको गाना हातको औँला जस्तै पाँच भागमा विभाजित हुने भएको हुँदा यसलाई पाँचऔंले भनिएको हो । यो एक लहरा प्रजातीको वनस्पति हो। यो नेपाल सहित पाकिस्तान, भारत, भुटान चीन लगायतका देशमा पाइन्छ । यसलाई पछिल्लो समय जडिबुटीको व्यापार गर्नेहरुले राम्रो मुल्यमा विभिन्न देशमा निर्यात समेत गर्ने गरेका छन् ।

२ हजार ५ सय मिटको उचाइदेखि ५ हजार मिटरसम्मको उचाइमा पाइने यस वनस्पतिको एउटा मात्र डाँठ हुन्छ भने यसको जरामा गाना फल्दछ । यसको गाना पन्जा जस्तो आकारको पाँचवटा भागमा बाँडिएको हुन्छ। यो वनस्पतिको फूल गुलाफी तथा प्याजी रंगको हुन्छ । विभिन्न प्रकारका रोगहरु निको पार्ने भएकाले आयुर्वेदिक औषधिको रुपमा यसलाई प्रयोग गरिन्छ । यो वनस्पतिको गानो औषधिका रुपमा प्रयोगमा आउँछ ।

पाँचऔंलेको प्रयोग गर्ने तरिका: पाँचऔंलेको जरालाई पिसेर लेप बनाइ लगाउन सकिन्छ । यसले काटेको, पोलेको घाउ चाडै निको हुन्छ । काटेको ठाउँमा रगत बेगेको छ भने यसको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।

अन्य औषधीय गुण: लेक लागेमा,स्मरण शक्ति बढाउन,पिसाव सम्बन्धी समस्या निको पार्न,पक्षघात भएमा,पेट दुखेमा,जीउ दुखेमा,यौ’ न शक्ति वा उत्तेजना बढाउन,छालालाई मुलायम बनाउन, शरीर चिलाउने रोक्न,मधुमेह, शुक्राणुको संख्या बढाउन

यो पनि,घाँटीमा केही अड्किएमा लाली गुराँस हुन्छ अचूक औषधि ,जानीराखौं यस्ता छन् फाइदै फाइदा, लाली गुराँस नेपालको राष्ट्रिय फूल पनि हो । लालीगुराँस फूल मात्र होइन औषधि पनि हो । यसमा औषधीय गुण हुन्छ । यस फूलप्रति हाम्रो भावनात्मक प्रेम र सम्मान पनि छ । गुराँस हेर्नमा जति राम्रो छ, उत्तिकै गुणकारी पनि । गुराँसको जुस बनाउनेदेखि केहि औषधिय काममा पनि प्रयोग गरिन्छ ।

के यसको स्वास्थ्यबर्द्धक गुण तपाईलाई थाहा छ ? प्राचिन समयमै आर्युवेदमा गुराँस फूलको प्रयोग हुँदै आएको छ । यो रातो, गुलावी, सेतो आदि रंगको हुन्छ । समुन्द्री सतहबाट १५०० देखि ३६०० मिटरको उचाईमा गुराँस पाइन्छ । रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । यसको औषधिय गुण पनि उत्तिनै छ ।

गुराँसको जुस कलेजो, मृगौला जस्ता समस्यामा निकै उपयोगी हुन्छ । हृदय रोगलगायत केहि गंभिर रोगमा समेत गुराँसको जुस सेवन गर्नु लाभदायक हुन्छ । गुराँसको जुस बनाएर सेवन गर्दा हड्डीको दुखाई समेत ठीक हुन्छ ।उच्च रक्तचाप नियन्त्रणका लागि पनि गुराँस उपयोगी मानिन्छ ।

घाँटीमा कुनै खानेकुरा अड्किएको बेला गुराँस खानुपर्छ, ठीक हुन्छ । गुराँस एउटा सिजनमा मात्र पाइने भएकाले अन्य बेला प्रयोग गर्नका लागि यसको फूललाई घाममा सुकाएर राख्न सकिन्छ । धार्मिक मान्यता के छ भने, गुराँसको फूल घरको मू्ल ढोकामा सजाउँदा घरमा नकारात्मक उर्जा आउँदैन ।

यो पनि,घुँडामा समस्या भएका व्यक्तिले गर्दै नगर्नुहोस् यी गल्ती, नत्र हुन्छ हड्डि खप्टिने जोखिम, घुँडा गोडाको महत्वपूर्ण जोर्नी हो। उठबस र हिँडडुलमा घुँडाकै भूमिका ठूलो हुन्छ। घुँडाको जोर्नीमा समस्या भए शारीरिक गतिविधिमै अप्ठ्यारो निम्तिन्छ। यस्तो महत्वपूर्ण घुँडामा समस्या भए केही सजगता अपनाउनुहोस्:

घुँडाको जोर्नीमा समस्या छ भने घुँडा खुम्च्याएर बस्ने बानी बन्द नै गर्नुहोस्। घुँडा खुम्च्याएर बस्दा जोर्नीमा दबाब पर्ने र झनै समस्या बढ्ने हुन्छ। गोडा तेस्र्याएर तथा कुर्सीका पुट्ठो अड्याएर घुँडामा दबाब नपर्ने गरी बस्नु पर्छ।घुँडाको जोर्नी खिइएका तथा दुख्ने समस्या भएकाहरुले पलेँटी कसेर पनि बस्नु हुँदैन। पलेँटी कसेर बस्दा एक आपसमा हड्डीहरु खप्टिने, रगटिने हुन्छ।

यसले समस्या झनै बढाउँदै लैजान्छ भने दैनिक गतिविधिमै अप्पठ्यारो पार्छ। घुँडाको जोर्नीमा समस्या भएका व्यक्तिले उकालो–ओरालो गर्दा विशेष ध्यान दिनुपर्छ। घरको सिँढी चढ्दा या ओर्लिदा पनि ध्यान दिनुपर्छ। सकेसम्म यस्तो उकालो–ओरालोमा कमै हिँड्नु राम्रो हुन्छ। हिँड्नैपर्दा घुँडाका हड्डीमा कम दबाब पर्ने गरी विस्तारै हिँड्नुपर्छ।

घुँडामा समस्या भए गह्रौँ भारी बोक्ने तथा भार उचाल्ने गल्ती गर्नु हुँदैन। यसले जोर्नीमा बढी दबाब परेर झनै समस्या बढ्न थाल्छ। गह्रौँ सामान तथा भारी उचाल्नुपर्ने भयो भने सावधानीपूर्वक पहिले बसेर बिस्तारै–बिस्तारै उचाल्नुपर्छ। घुँडाको जोर्नीमा समस्या भएकाहरुले धेरै दौडिने र हिँड्ने गर्नु पनि राम्रो होइन। जोर्नीमा बढी दबाब निम्त्याउनु नै समस्या बढाउन मद्दत गर्नु हो । घुँडालाई हल्का कसरत र बढी आराम दिनुपर्छ।

थप टिप्स: घुँडाको जोर्नीमा विभिन्न कारणले समस्या हुन सक्छ। हड्डी खिइएर, टुक्रिएर, चोटपटक लागेर मात्रै होइन, नसाका कारणले पनि जोर्नी दुखेको हुन सक्छ। घुँडाको जोर्नीमा के कारणले समस्या भएको हो, पहिले पहिचान गर्नुपर्छ।

चिकित्सकको सुझावअुनसार औषधि सेवन गर्ने, समस्या कस्तो हो, त्यसैअनुसार व्यायाम तथा आराम गर्नुपर्छ। जोर्नी पुरै खिइएर औषधिले पनि काम गर्न नसक्ने अवस्था पनि कतिपयको हुन सक्छ। जोर्नी नै फेर्नुपर्ने पनि हुन सक्छ। यस्तो अवस्थामा चिकित्सककै परामर्शबाट आफूलाई सहज हुने उपाय अपनाउनु उत्तम हुन्छ।

प्रतिक्रिया दिनुहोस