के चीनले दक्षिणपूर्वी एसियामा आफ्नो रणनीतिको पुन: मूल्याङ्कन गर्नेछ?

दक्षिणपूर्वी एसियामा कम्युनिज्मको बिस्तार रोक्न र क्षेत्रको सुरक्षाका लागि पश्चिमा देशहरुले सायथइस्ट एसिया ट्रिटि संगठनको १९५४ देखि १९७७ सम्ममा गठन गरेका हुन् ।
त्यसवखत यो रुसी कन्यूनिज्म थियो यद्धपि रुसको कम्यूनिज्म धेरै पहिले ढलीसकेको छ ।
तर कम्यूनिज्मको अर्को प्रवर्तक चीनको नयाँ धक्काको सामनामा
दक्षिणपूर्वी एसियामा प्रभाव जमाउनको लागि क्वाड र अन्य संगठनहरु चिनियाँ कम्युनिष्ट पार्टीको आक्रामकतालाई रोक्नको लागि र ASEAN मा आफ्नो प्रभाव गहिरो र विस्तार गर्न को लागी सुत्रवद्ध गरिएका छन् ।

यसरी यस क्षेत्रको लागि चीनको आर्थिक नेतृत्व कोभिड पछिको विश्वमा चुनौतीपूर्ण छ। र बास्तविकता चाँही यो हो कि चीनले आज महत्वपूर्ण रुपमा अविश्वासको सामना गरिरहेको छ ।
यस कुरालाई सही दृष्टिकोण प्राप्त गर्न बुझ्न आवश्यक छ जहाँ
यस क्षेत्रमा चीनको दोहोरो उपस्थिति, जोडिएको आर्थिक प्रवेशमा केन्द्रित रसैन्य उपनिवेशवाद संग पनि जोडिएर ब्याख्या गरिन जरुरी भएको छ ।
चीनले क्षेत्रीय अर्थतन्त्रमा ठूलो योगदान दिए पनि उस्लाई
अविश्वासका साथ हेरिन्छ ।

सिंगापुरको ISEAS-युसुफ इशाक संस्थान द्वारा संचालित एक सर्वेक्षणले पनि यिनै कुरालाई औंल्याएको छ । यसले यस क्षेत्र मा सबैभन्दा कम विश्वसनीय देशका रुपमा चीनलाई देखाँउछ ।
सर्वेक्षणले अमेरिकालाई जापान पछि दोस्रो सबैभन्दा भरपर्दो साझेदारको रूपमा प्रशंसा गरेको छ ।
५४.२ प्रतिशत उत्तरदाताहरुले जापान माथिको बिश्वास भएको बताए भने ५२.८ प्रतिशतहरुले अमेरिका माथि बिश्वास गरेको बताएका थिए । यस क्षेत्रको बिकास, सार्वजनिक संरचनामा सहयोग लगायत कुराहरुमा कुन देश माथि बिश्वास रहेको भनी प्रश्न गरिएको थियो ।
अर्कोतर्फ ५८ं. १ प्रतिशतहरुले चीनमाथिको अबिश्वास व्यक्त गरेका थिए । आफ्नो देशको हित र सार्वभौमसत्तालाई खतरामा पार्ने सैन्य शक्ति प्रयोग गर्न सक्ने देशका हिसाबले चीनलाई अबिशस गरिएको अधिकांश उत्तरदाताले बताए ।

यस क्षेत्रमा चीनको राजनैतिक र सामाजिक प्रभाव पछिल्लो वर्षको तुलनामा घट्दै गएको पनि अध्ययनले पुष्टि गरेको छ । उत्तरदाताहरुले आसियान, अमेरिका जस्ता राष्ट्र अनि संगठनहरुलाई स्वागत गर्ने बताँउदा आसियानलाई ८०.१ प्रतिशतले स्वागत गर्ने र अमेरिकालाई ६२.६ प्रतिशतले स्वागत गर्ने भनी बताएका थिए ।
चीनको प्रभाव कम्वोडियावाट आउने तथ्यलाई ५४.१ प्रतिशतले स्वीकार गरेका थिए ।

चीनप्रतिको यो अबिश्वासको मुख्य कारण क्े हुन सक्छ त ?

सिमा र समुन्द्र सिमा बिवाद एउटा कारण हुन सक्छ । यस क्षेत्रको समावेशीता र यहाँका देशहरुको सार्वभौमिकताका लागि चीन केन्द्रित हुन पटक्कै नसक्नु चीन प्रतिको अबिश्वासको मुख्य कारण हो ।
चीनको क्षेत्रीय रणनीति, दक्षिणपूर्व एशियामा कूटनीति कसरी काम गर्दछभन्ने त्रुटिपूर्ण धारणाबाट संचालित छ । चीनको यो अनुमान सही हो किनभने क्षेत्रीय राष्ट्रहरूले सार्वजनिक हित र आर्थिक विकासलाई प्राथमिकता दिन्छन्। तर,
चीनले बेवास्ता गरेको कुरा के हो भने दक्षिणपूर्व का राष्ट्रहरुले आफ्नो आर्थिक लक्ष्यहरू मात्र सुरक्षित गर्नका लागि आफ्नो सार्वभौमिकता र स्वायत्तालाई लिलामी गर्दैनन ।

एतिहासिक रुपमा दक्षिणपूर्वी एसियाका राष्ट्रहरुले एउटा खुल्ला, प्रजातान्त्रिक र समावेशी क्षेत्रिय अर्डरलाई बिश्वास गरेको पाइन्छ र यसै परिधीभित्र क्षेत्रिय स्वात्ततालाई अधिकतम पार्दै दक्षिणपूर्वी देशहरुको अघि बढ्ने चाहने स्पष्ट पाइन्छ । चीनले यसरी एकवद्ध रहेका दक्षिणपूर्वी एसियाका देशहरुलाई आर्थिक संयन्त्र र राजनैतिक आवरणका आधारमा खरिद गर्न सक्दछु भन्ने धारणालाई त्याग्न जरुरी छ । यस क्षेत्रमा चीनको आर्थिक सहयोग पनि सैन्य बिस्तारवादबाट निर्देशित भएको कुरा देशहरुले स्पष्ट रुपमा महसुस गरेका छन् । सन् २०१३ यता चीनले यस साउथ चाइना सि क्षेत्रमा ३२०० एकर कृत्रिम भुभागहरु कव्जा गरेर ३ वटा टापुहरुमा सैन्य आधार स्थापना गरिसकेको पनि छ ।
सरल भाषामा भन्नुपर्दा चीनको रणनीतिले आफ्नो आर्थिक प्रवेशलाई विस्तार गर्ने लक्ष्य राखेको छ । देशहरुको अन्य समस्याग्रस्त पक्षहरूलाई निशानामा पारेर देशको सार्वभौमिकतालाई नै वशमा पार्ने प्रयास गर्दै चीनका परियोजनाहरु संचालन गरिएको छ जस्मा एसीएस परियोजना पनि सामेल छ । समयको साथ, चीनको कार्यले उल्टो नतिजा निकालेको छ र नकारात्मक छवीको मात्र बिकास गरेको छ ।
त्यसमाथि यस क्षेत्रका देशहरुले चीनले अष्टैलीयामाथि लगाएको नाकाबन्धीको पनि साक्षी बसेका छन् । चीनको पछिल्ला कदमहरुले दक्षिणपूर्वी एसियाका देशहरुलाई चीनमाथि बिश्वास गर्ने कुनै आधार नै दिएको छैन ।
स्मरण रहोस् कि सन् २०१६ को अन्तरराष्ट्रिय मध्यस्थ न्यायाधिकरणले चीनको फैसला गरे पनि
बेइजिङको दक्षिणपूर्व एशियाको EEZ भित्रका क्षेत्रहरूमा कुनै ऐतिहासिक अधिकार थिएन यद्धपि यस क्षेत्रमाआफ्नो समुद्री गतिविधिहरु को निरन्तर विस्तारमा चीनले कुनै कसर बाँकि राखेकै छैन ।

अर्कोतर्फ चीन यस क्षेत्रको ठुलो दाजु रुपको देश हुनसक्ला तर आसियानले चिनियाँ विदेशमन्त्री याङलाई बिर्सेको छैन । २०१० मा ,जेचीको टिप्पणी, , ूचीन ठूलो देश हो र अन्य देशहरू साना देशहरू छन्, भनेर हाकाहाकी चीनको एकाधिकार जस्तो तथ्य उनले भनेका हुन । देशहरु साना ठुला हुनसक्लान तर सार्वभौमिकता सानो या ठुलो हुँदैन, देशहरु सानो ठुलो हुनु त केवल एक तथ्य मात्र हो।
यस क्षेत्रमा आसियानले आर्थिक समावेशीकरण र बिकासलाई ठुलो महत्व दिएको छ, चीनले दिएको बिआरआई मार्फतको बिकास प्रयासको सिमितता त कोभिड भ्याक्सिनको पूर्तिका क्रममा नै यस क्षेत्रका सबै देशहरुले देखेका छन् । यस क्षेत्रका देशहरुको सार्वभौमिकता र स्वायत्तामाथि कुठाराघात नगरिकन मात्र चीन र त्यस्का नेतृत्वले देशहरुको बिशस फेरि जित्न सक्लान नत्र चीनका सबै प्रयासहरु व्यर्थ भइरहेका छन ।

प्रतिक्रिया दिनुहोस