प्रधानमन्त्रीलाई अक्सफोर्ड माग्ने ढकाल देउवाको क्षेत्र डडेलधुराबाट उठ्ने

काठमाण्डौँ । प्रधानमन्त्री शेर बहादुर देउवालाई बेलायतको अक्सफोर्ड विश्वविद्यालय मागेर बीबीसीबाट चर्चामा आएका सागर ढकालले आगामी प्रतिनिधि सभा चुनावमा देउवाकै निर्वाचन क्षेत्र डडेलधुराबाट उठ्ने उद्घोष गरेका छन् ।

भर्खर अक्सफोर्डबाट स्नातकोत्तर तह अध्ययन पुरा गरी नेपाल आएका उनले सामाजिक संजालमार्फत् सो कुरा बताएका हुन् । बुधबार आफ्नो फेसबुक पेजमा उनले मेरो प्रधानमन्त्रीको लागि आवेदन डडेलधुरा शेरबहादुरको क्षेत्रबाट उठ्ने भन्दै एक सामाग्री सार्वजनिक गरेका छन् ।

उनी लेख्छन् ‘आउने चुनावमा अलि फरक तरिकाले प्रस्तुत हुने योजना बनाएका छौँ। मैले हालका प्रधानमन्त्री शेरबहादुरको डडेलधुराको क्षेत्रबाट चुनावमा उठी उहाँलाई ससम्मान पूर्ण रूपमा वृद्ध भत्तासहित आराम दिने निर्णय गरेको छु। म संसद्मा त जान्छु नै तर १६५ क्षेत्रमा मजस्ता युवाहरूले पनि मरो प्रधानमन्त्री बन्ने नेपाली जनतामाझ प्रस्तुत गरेको आवेदन स्वीकारेमा म विश्वको नै कान्छो प्रधानमन्त्री भएर नेपाललाई मात्र होइन विश्वका युवाहरूलाई नै एउटा आशा दिन सक्छु।

हाम्रो तर्फबाट नीतिगत तयारी सकिएको छ । बाकि १६५ क्षेत्रबाट उठ्ने युवा उम्मेदवारहरूलाई सुम्पिन चाहान्छौँ । निकै गाह्रो छ तर हजुरहरू सबैको साथ भएमा असंभव भने छैन। विस्तृत प्रधानमन्त्रीको आवेदन भिडियोमा।२५० बर्षे राजतन्त्र फालेर दलतन्त्र अब ६०–७० बर्षे दलतन्त्र फालेर जनतन्त्र । अबको क्रान्ति बुलेटबाट होइन ब्यालेटबाट । राजनीतिक प्रस्तावको अन्तिममा सहयोग फारम रहेको छ । लिंक यहा छ भन्दै उनले किन प्रधानमन्त्रीमा दावी गरेको भनेर एक सामग्री पनि शेयर गरेका छन् ।’ https://drive.google.com/…/1lkL0DM…/view

साझा सवालको ५०० औँ भागमा तत्कालिन देउवासंग एउटै ब्यक्ति ४। ५ पटक प्रधानमन्त्री बनिरहने, तपाई कहिले विस्थापित हुने? नेपालमा पनि अक्सफोर्ड विश्व विद्यालयको पढाई चाहियो उनले भनेका थिए ।

यसको उत्तर प्रधानमन्त्रीले ‘नेपालमा कहाँबाट ल्याउने अक्सफोर्ड? तपाई बढ्ता बोल्दै हुनुहुन्छ भन्दै आक्रोशित भएका थिए । यो सवालजवाफ सामाजिक संजालमा निकै भाइरल बनेको थियो। देउवाले त्यसो भनेपछि त्यही इगो लिएर ढकाल पुलचोकबाट इन्जिनियरि सकेर उनी मास्टर्सको लागि बेलायत गएका थिए । उनले अब आउने प्रधानमन्त्री ४० बर्षमुनिको हुनुपर्ने विषयमा आफ्नो आवाज मुखरित गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस