राजनीतिमा लोकप्रिय बन्दै कलाकार चेतसिंह “राजा”

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा निर्माता चेत बहादुर सिंह “राजा” नेपाल सांस्कृतिक संघको सह–महामन्त्रीमा नियुक्त भएका छन् । सह–महामन्त्री जस्तो उच्च पदमा पुगेका “राजा”ले कला क्षेत्रका लागि बिशेष काम गर्ने सुनाएका छन् । कलाकारितासंगै “राजा” लामो समय देखि नेपाली काग्रेसमा आवद्ध भएर राजनीतिक र सामाजिक कार्यलाई समेत अघि बढाई रहेका छन् ।

बझाङ जिल्लामा बहादुर सिंह र आमा ललिता देविको सन्तानका रुपमा जन्मिएका “राजा” चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको केन्द्रिय महासचिव समेत हुनुहुन्छ । संघमा कार्य समिति सदस्य हुंदै सचिव र अहिले महसचिवका रुपमा “राजा”ले कलाकारहरुको हकहितमा महत्वपुर्ण कामहरु गरीरहेका छन् ।

ठूलो पर्दामा मात्र हैन् “राजा” सानो पर्दा अर्था टेलिभिजनमा समेत निक्कै लोकप्रिय छन् । टेलिभिजन कलाकर्मी मंचको संस्थापक उपाध्यक्ष समेत रहेका “राजा”ले थुपै टेलिफिल्ममा समेत अभिनय गरीसकेका छन् । त्यसो त् विद्यार्थीकाल देखि नै नेवी संघ हुंदै नेपाली काग्रेसको राजनीति शुरु गरेका “राजा” ले केन्द्रस्तरमा निक्कै राम्रो पकड जमाएका छन् । नेपाल नीजामति कर्मचारी युनियमा समेत आवद्ध रहेका “राजा”ले प्रशासन तर्फ मास्टर डिग्री सक्काएका छन् ।

प्रतिक्रिया दिनुहोस