भारतको सत्तारुढ दलले आदिवासी समुदायकी महिलालाई राष्ट्रपतिमा उम्मेदवारी

भुवनेश्वर, भारत (रायटर) – जनजाति समुदायकी एक महिला भारतीय राजनीतिज्ञलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ राष्ट्रवादी पार्टीले राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनयन गरेको छ।
मोदीको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को संसदमा बहुमत रहेको र अन्यको समर्थन प्राप्त हुने पूर्ण सम्भावना रहेकोले पूर्वी राज्य ओडिशामा वरिष्ठ पदमा रहेकी अनुभवी राजनीतिज्ञ, ६४ वर्षीय द्रौपदी मुर्मु राष्ट्रिपतिमा निर्वाचित हुने लगभग निश्चित छ भनेर राजनीतिक विश्लेषकहरू बताँउदछन् ।

भारतको औपचारिक राष्ट्रपतिको लागि सांसदहरूले मतदान गर्छन्। राष्ट्रपतिको निर्वाचन जुलाईमा हुँदैछ ।संथाल जनजातिको परिवारमा जन्मिएकी मुर्मुले आफ्नो करियर एक स्कूल शिक्षिकाको रूपमा सुरु गरे र आदिवासी अधिकारका मुद्दाहरूमा सक्रिय रूपमा भाग लिइन्। उनी पछि मूलधारको राजनीतिमा सामेल भइन् र पूर्व राज्य झारखण्डको सांसद र राज्यपालको रूपमा सेवा गरिन्।

मुर्मुले “समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तिकरण गर्न आफ्नो जीवन समर्पित गरिन्,” मोदीले उनको नाम उम्मेदवारको रूपमा घोषणा गरेपछि मंगलबार राति एक ट्वीटमा भने ।मोदीले भने, “म विश्वस्त छु कि उनी हाम्रो राष्ट्रको महान् राष्ट्रपति हुनेछिन्।”यदि निर्वाचित भएमा मुर्मु पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति हुनेछिन्।

प्रतिक्रिया दिनुहोस