बीच बाटोमै बेहुला छाडेर बेहुली प्रेमीसँग टाप कसिन्

काठमाडौं – एक बेहुली विवाह गरेर बेहुलासंग कारमा जाँदै थिइन् ।तर अचानक उनमा प्रेमीको माया लाग्यो । उनले प्रेमीलाई फोन गरेर आफू विवाह गरेर बेहुलासंग जादैं गरेको बताइन् । यत्तिकैमा फिल्मी शैलीमा उनको प्रेमी अर्को कार लिएर आए ।

बेहुलीले बेहुलालाई आफ्नो नातेदार भेट्न आएको भन्दै कारमा पर्खाएर प्रेमी भेट्न गइन् । कारमा बसेका बेहुला बेहुलीलाई कुरीरहे । तर बेहुली भने प्रेमीसंग अर्काे कारमा चढेर फरार भइन् । सुन्दै अनौठो लाग्ने यो घटना वास्तवमै भारतको बनारसमा घटेको छ ।

बनारसको सेवापूरी क्षेत्रको जन्सा गाउँमा धूमधामका साथ भएको विवाहपछि ती बेहुली माइतिबाट अन्मिएर बेहुलासंग रिति अनुसार कारमा बसेर घर जाँदै थिइन् ।बेहुलाको घरमा बेहुली स्वागत गर्न पर्खिरहेका थिए । माइतीले पनि भारी मनका साथ छोरीलाई बिदा गरेका थिए । तर बिच बाटोमै प्रेमी बोलाएर ति बेहुली फरार भइन् ।

स्थानीयका अनुसार ति बेहुली र एक युवक प्रेममा थिए । तर परिवारले उनीहरुको विवाह मञ्जुर गरेको थिएन । यस्तोमा बिहे गरेर माइतिबाट हिडेकी बेहुली मौका पाउनासाथ प्रेमीसंग भागेकी हुन् । घटनाबारे जाहेरी परेपछि भारतीय प्रहरीले अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस