दार्चुलाका होटेलमा प्रहरीको छापा : अनैतिक क्रियाकलापमा संलग्न ९ जना प्रहरी नियन्त्रणमा

दार्चुला। जिल्ला सदरमुकाम खलंगाको एक होटेलबाट प्रहरीले ३ जना युवती तथा ६ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ। महाकाली नगरपालिका–४ बंगाबगरमा रहेको बोहरा होटेलमा अनैतिक क्रियाकलाप गरिरहेका उनिहरुलाई प्रहरीले आज बेलुकी तिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीले जानकारी दिए।

बोहरा होटेलमा ३ जना युवती र ६ जना युवाहरु अनैतिक क्रियाकलाप गरिरहेको भन्ने विषेश सूचनाका आधारमा छापा हानेर उनिहरुलाई नियन्त्रणमा लिएको उहाले बताए। नियन्त्रणमा लिएका युवाहरु भारतिय नागरिक तथा युवतीहरु नेपाली नागरिक भएको प्रहरीले जनाएको छ।

बोहरा होटेलबाट होटेल संचालन सहित ९ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रण लिएको छ।

यस्तै वडा नम्बर ४ घाट बजारमा रहेको सिद्धटोपी क्याफेबाट झगडा गरिरहेको अवस्थामा ३ जना युवा र २ जना युवतीलाई नियन्त्रणमा लिएको पनि सूचना अधिकारी शाहीले जानकारी दिनुभयो । उनिहरु सबैजनालाई हिरासतमा राखेर सोधपुछ भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस