रुसले पहिलो पटक युक्रेनमा एन्टी ड्रोन गन ‘स्तुपर’ प्रयोग गर्यो, अब अमेरिकाले पठाएका ड्रोन जाम हुने

काठमाडौँ । रुसले युक्रेनमा पहिलो पटक एन्टी ड्रोन गन प्रयोगमा ल्याएको छ । रुसी संचारमाध्यमहरुले रुसी सेनाले युक्रेनमा पहिलो पटक यो यो एन्टी ड्रोन गन ‘स्तुपर’ प्रयोग गरेको हो । यो सानो र निकै प्रभावकारी हतियार भएको रुसले दाबी गरेको छ । यो गनले उक्त क्षेत्रमा ड्रोन उडेको सूचना समेत दिन्छ । उक्त सुचनाको आधारमा यसलाई प्रयोग गरिन्छ । यसले फायर नगरी सिधै ड्रोनमा प्रयोग गरिएको डिभाइस नै जाम गरिदिन्छ । त्यसमा शक्तिशाली बाइनाकुलर लेन्स प्रयोग गरिएको हुन्छ । यसैबाट ड्रोनको गतिविधि पत्ता लगाउन सकिन्छ र निसानामा राख्न ।

ड्रोनलाई निसानामा राखेर ट्रिगर दवाएपछि यसमा प्रयोग गरिएको शक्तिशाली इलेक्ट्रोम्यान्ग्रेटिक पल्सले डिभाइस जाम गरिदिन्छ र जमिनमा खस्छ । अमेरिका र नेटोले युक्रेनमा हजारौंको संख्यामा ड्रोन पठाएपछि रुसले इन्टी ड्रोन गन प्रयोगमा ल्याएको हो । यो एकै जनाले झोलामा बोकेर हिड्न सक्छ । डोनको सूचना बित्तिकै जस्तोसुकै भौगाेविक अवस्थामा पनि प्रयाेग गर्न सकिन्छ ।

अमेरिकाले दिएका ड्रोनले विस्फोटक पदार्थ बोकेर रुसी सैन्य क्षेत्रमा बिस्फोट गराउने गरेका छन् । त्यस्तै, ड्रोनबाट रुसी सेनाका गतिविधि निगरानी गर्ने र त्यसैको आधारमा महला हुन थालेपछि स्तुपर प्रयोगमा ल्याएको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

रुसी संचारमाध्यमहरुका अनुसार युक्रेनमा पहिलो पटक यो एन्टी ड्रोन गन प्रयोगले विरोधीले ड्रोनबाट गर्ने सबै गतिविधि नकाम हुनेछन् । अमेरिका ड्रोन प्रविधिमा निकै अगाडि मानिन्छ । उसले युक्रेनलाई ठूलो मात्रामा ड्रोन दिएको छ । स्नेक आइल्यान्डमा पनि ग्लोबल हक यूएभी नामक घातक ड्रोनबाटै रुसी सेनामाथि हमला गरिएको थियो । अमेरिकाले यो ड्रोन तालिवानीविरुद्ध समेत प्रयोग गरिसकेको थियो ।

अहिले प्रयोगमा ल्याएको एन्टी ड्रोन गन रुसले सन् २०१७ मै निर्माण गरिसकेको थियो । उसले एउटै सैन्य परेडमा प्रदर्शन गरिसकेको थियो । यसले दुई किलोमिटर टाढासम्मका ड्रोनलाई जाम गरेर जमिनमा खसाल्न सक्ने बताइएको छ । अब रुसी सेनाका इलाकाको दुई किलोमिटर वरपरसम्म पश्चिमा देशहरुले पठाएका कुनै पनि ड्रोनले काम नगर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

चीनले पनि एन्टी ड्रोन गनको विकास गरेको समाचार सार्वजनिक भएपनि अमेरिकाले अहिलेसम्म यो प्रविधिको विकास गरेको समाचार सार्वजनिक भएको छैन ।यसैबीच रुसले यार्स नामक मसाइल पनि पहिलो पटक सार्वजनिक गरेको छ । साइबेरियाको जंगमा उक्त मिसाइल बोकेको ट्रक कुदाइएको छ । सडकमा मात्रै होइन जस्तो जमिनमा पनि उक्त मिलाइल तैनाथ गर्न सकिने रुसको दाबी छ । यसलाई अमेरिकाले सैतान नाम दिएको थियो ।

प्रतिक्रिया दिनुहोस