पाडोलाई बचाउन खोज्दा ३ जनाको मृत्यु, एकजना आइसीयुमा, मृत्यु हुने २ जना दाजुभाइ

काठमाडौं । कानपुर जिल्लामा एउटा भैँसीको पाडोलाई इनारबाट बचाउन खोज्दा ३ युवाको ज्यान गएको छ । दुई दाजुभाइसहित चारजना युवा पाडोलाई बाहिर निकाल्न गएका थिए । तर इनारभित्र पसेपछि विषाक्त ग्यासले निसास्सिएर चारै जनाको ज्यान गएको हो ।

यो घटना कानपुर आउटर नजिकैको गौरी गाउँको हो । आइतबार साँझ गाउँकै मेवलालको भैँसीको पाडो यहाँ रहेको सरकारी इनारमा खसेको थियो । रामगुलामका छोरा प्रदीप (१९), रामकुमारका छोरा २० वर्षीय योगेन्द्र र शैलेन्द्र (१८) र विश्वम्भरका छोरा रामबहादुर (४५) डोरीको सहायताले इनारमा ओर्लिएका थिए । जहाँ विषालु ग्यासका कारण चारैजना एकपछि अर्को गर्दै बेहोस भए ।

घटनाबारे गाउँलेहरूले तत्कालै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले गाउँलेको सहयोगमा चारै जनालाई निकालेर अस्पताल पुर्याएको थियो । हैलटमा उपचारका क्रममा दुई भाइ शैलेन्द्र, योगेन्द्र र छिमेकी प्रदीपको मृत्यु भएको हो । रामबहादुरको अवस्था चिन्ताजनक रहेको छ । उनी हाल जिल्ला अस्पताल हैलटको आईसीयूमा जीवन र मृत्युको लडाइँमा छन् ।

मृतक योगेन्द्र र शैलेन्द्रका बुबा रामकुमार श्रीमती तारादेवीलाई लिएर हैलट पुग्दा दुवै छोराको शव देखेर बेहोस भएका थिए । दम्पतीको स्वास्थ्य बिग्रिएको छ । रामकुमारले दुवै छोरा आफ्नो जीवनको सहारा भएको बताए । खबर सुनेर बिल्हौरका सयौं गाउँले हैलट अस्पताल पुगेका थिए । प्रहरी र आफन्तले परिवारलाई सान्त्वना दिए र बुझाए । यो घटनापछि सिंगो गाउँमा शोक छाएको छ ।

प्रतिक्रिया दिनुहोस