पत्नी नीतालाई हरिहर अधिकारीले दिए यति महंगो गिफ्ट उपहार, उपहारको चौतर्फि चर्चा

नायिका नीता ढुंगाना र ज्योतिषरअभिनेता हरिहर अधिकारीले भव्य तरिकाले गत शनिबार विवाह गरे । बिवाहमा थ्प्रै सेलिब्रेटीहरुको उपस्थिती रहेको थियो ।विवाह र प्रितिभोज दुवै राजधानीको महंगो पाँचतारो हाटेल याक एन्ड यतिमा भएका थियो जसको सजावटमा मात्रै लाखौं खर्च गरिएको थियो । पार्टीमा दुलही नीताको पहिरन र श्रृंगारले पनि निकै चर्चा पाइरहेको छ ।
पार्टीमा नीताले लगाएको हारको मूल्य २५ लाख रहेको बताइएको छ ।हारमा मोटो हिराजडित रहेको थियो ।

यसले धेरैको ध्यान खिचेको थियो । यद्यपि, उनीहरुले मूल्य बताएका छैनन् । त्यस्तै उनले लगाएका अन्य गहना र लुगा पनि उत्तिकै महंगा थिए केही वर्ष प्रेम सम्वन्धमा बसेपछि नीता र हरिहरले लगनगाँठो कसेका हुन् आर्थिकरुपमा सम्पन्न परिवारका हरिहर पेशाले पूर्णकालीन ज्योतिष हुन् ।

उनी ज्योतिष पेशाबाटै लाखौ कमाउछन् । रातोपुलमा अफिस राखेर उनले आगन्तुकहरुको चीना हेर्दै आएका छन् । उनलाई चीना हेराउनका लागि अग्रीम अप्वाइन्टमेन्ट लिनुपर्छ । उनी दैनिक ८–१० जनाको चीना हेर्छन् । यसो त अभिनेता राजेश हमालले हरिहरलाई नै चीना हेराएर बिहे गरेका थिए ।

प्रतिक्रिया दिनुहोस