निर्माता सुनिलकुमार थापाले गराए मुटुको शल्यक्रिया, छोरी सुहानाले दिइन् भगवान कृष्ण र डाक्टरलाई धन्यबाद

निर्माता सुनिलकुमार थापाको ओपन(हार्ट सर्जरी गरिएको छ।मंगलबार बिहान काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डा। भगवान कोइरालाले
उनको सर्जरी गरेका हुन् । छोरी सुहानाले बाबुको सर्जरी गर्ने डा. भगवान कोइराला र उनका टिमप्रति आभार व्यक्त गरेकी छन् ।

उनले लेखेकी छन् मानव जीवन धेरै दुर्लभ र जटिल छ। समय अघोषित रूपमा आउँछ र अप्रत्याशित हुन्छ१ त्यो अप्रत्याशिततामा जीवनको कुञ्जी समात्ने प्रमुख व्यक्तिहरू हुन्छन्। डा। भगवान कोइराल र उनका टिमप्रति आभार छु। बुबा छिट्टै निको हुनुहोस्, तपाईंलाई अंकमाल गर्न म प्रतीक्षा गर्न सक्दिनँ,’ । थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अँगाल्न आफू अधैर्य रहेको उल्लेख गरेकी छन् । भगवान कृष्णकी उपासक समेत रहेकी सुहानाले यसका लागि कृष्णलाई धन्यवाद समेत दिएकी छन् ।

सर्जरीपछि उनलाई आइसियूमा राखिएको छ। निर्माता सुनिलकुमार थापाको मुटुमा प्वाल परेको थियो। बच्चामा नै उनको मुटुमा प्वाल देखिएको हो। तर ठूलो हुँदै गएपछि प्वाल पुरिँदै जाने चिकित्सकको सल्लाहमा उनले सर्जरी गरेका थिएनन्। अहिलेसम्म मुटुको प्वाल नपुरिएपछि सर्जरी गरिएको बताइएको छ । पछिल्लो समय उनको निर्माणमा बनेको फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शन भएको थियो।

प्रतिक्रिया दिनुहोस