यस्तो अबस्थामा भेटिइन सिद्धार्थ शुक्लाकी प्रेमीका शहनाज

पञ्जाबकी कट्रिना कैफ अर्थात शहनाज गिल सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना तस्विर र भिडियो शेयर गरिरहेकी छिन् । जसलाई उनका फ्यानहरुले निकै रुचाएका छन् । धेरै प्रतिक्रियाहरु पनि दिई रहेका छन् । शहनाज र सिदार्थको प्रेमलाई जो कोहीले राम्रो मानेका थिए जब सिदार्थ यो संसार बाट बिदा भए पछि अभिनेत्रीका फ्यानहरु उनको बारेमा निकै चिन्तित थिए ।यसै बिच शहजानले एक भिडियो सेयर गरकी छन् ।

उक्त भिडियो अत्यन्तै मन पराइएको छ । उनले आफ्नो युट्युब च्यानलमा एक गाँउमा गएर खेतमा धान रोप्दै गरेको भिडियो पोस्ट गरेकी छन् । भिडियो पोस्ट भएको केही समयमै लाखौले लाइक गरेका छन् । उनले किसानसँ सँगै बसेर खाना पनि खाएकी छन् । भिडियोमा उनी निकै खुशी देखिएकी छन् । धान रोप्दै गरेका किसान पनि शहाजसँग काम गर्दा खुशी देखिएका छन् । शहनाज बिग बोस १३ मा आएपछि चर्चामा थिइन् ।

जहाँ उनी सिद्धार्थ शुक्लासँगको केमेस्ट्रीका कारण निकै चर्चामा थिइन् । दुबैको यो जोडीलाई फ्यानहरुले निकै रुचाएका थिए । बिग बोसको घरबाट बाहिरिएपछि पनि यी दुबै एकअर्कासँग धेरै पटक देखिएका थिए । योसँगै शहनाजले पनि धेरै अवसरमा सिद्धार्थप्रति आफ्नो प्रेम व्यक्त गरिसकेकी छिन् । उनीहरुले गत वर्षको डिसेम्बर २०२० मा विवाह गर्ने पनि अनुमान गरिएको थियो । तर, त्यसअघि नै सिद्धार्थले हृदयघातका कारण यस संसारलाई बिदा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस