सन् २०२१-२२ मा यस्तो छ हलिउड अभिनेत्रीको आम्दानी, कसको कति ?

काठमाडौं l पछिल्लो दुई वर्ष कोरोना महामारीले हलिउडलाई पनि पूर्ण रुपमा प्रभावित बनायो । तर, यसको बाबजुद पनि हलिउडका केही अभिनेत्रीले कोरोना कालमा राम्रो कमाइ गरे । हलिउडका यी अभिनेत्रीहरूको कमाई बलिउडका अभिनेत्रीको भन्दा धेरै अगाडि छ ।

यहाँ सन् २०२१–२०२२ मा स्कार्लेट जोहानसन, एञ्जेलिना जोली, गेल गेडोतलगायतका सर्वाधिक कमाउने अभिनेत्रीहरूको कमाइ प्रस्तुत गरिएको छ । ३६ वर्षीया अभिनेत्री स्कार्लेट जोहानसन सन् २०१८ पछि सर्वाधिक कमाउने अभिनेत्रीको शीर्ष स्थानमा पुगिन् ।

उनको यो सफलताको कारण अभिनयप्रति उनको प्रेम र हरेक वर्ष रिलिज भएका फिल्म हिट हुनु हो । उनले ‘ब्ल्याक विडो’, ‘द एवेञ्जर्स’, ‘अण्डर द स्किन’ जस्ता कैयौं ठूला फिल्ममा अभिनय गरिन् । उनले चार अर्ब १८ करोड डलर कमाइन् ।

अभिनेत्री, निर्मात्री तथा कार्यक्रम प्रस्तोता सोफिया वेरगारा सर्वाधिक कमाउने अभिनेत्रीको सूचीको दोस्रो स्थानमा छिन् । उनले तीन अर्ब २१ करोड डलर आम्दानी गरिन् ।

सोफिया ‘अमेरिका गट ट्यालेण्ट’मा निर्णायक र हलिउडको एक सफल निर्माता हुन् । कोलम्बिया–अमेरिकी मूलकी अभिनेत्री सोफियाले विज्ञापन, सुटिङ र कैयौं व्यापारिक लगानीमार्फत कमाउने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस