अस्ट्रेलिया रहेकाहरुले कामदार भिसामा परिवार ल्याउन पाउने, उनीहरुले पनि काम गर्न पाउने !

अस्ट्रेलियामा कामदार भिसामा रहेकाहरुको परिवारलाई अस्ट्रेलिया जान दिने नीति त्यहाँको सरकारले ल्याउने तयारी गरिरहेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार सरकारले कामदार भिसामा रहेकाहरुको परिवारलाई पनि काम दिने नीति ल्याउन लागेको हो।

उनले यस विषयमा भनेका छन्, ‘एउटा नयाँ कार्यक्रम अन्तर्गत प्रशान्त टापुहरूबाट वृद्ध हेरचाह गर्ने कामदारहरूलाई अस्ट्रेलियामा रोजगारी र स्थायी बसोबासका लागि भिसाहरू प्रदान गर्ने छौँ। कामदार भिसामा रहेका परिवारहरुले यस्ता काम गर्न सक्नेछन्।’

सबैभन्दा पहिला अस्ट्रेलियाको स्थायी बासिन्दा बन्नुपर्छ अथवा चलनचल्तीको भाषामा भन्ने हो भने पीआर पाएको हुनुपर्छ। पढाइ, अनुभव र योग्यताका विभिन्न कसीको श्रृंखला पार गरेपछि पीआर प्राप्त हुन्छ।

अस्ट्रेलियामा लामो समयदेखि विद्यार्थी वा रोजगार सम्बन्धी अन्य भिसामा हुनुहुन्छ भने यसलाई स्थायी बसोबास भन्न मिल्दैन। यी अस्ट्रेलियाका अस्थायी भिसा मात्र हुन्। पछिल्लो बजेट वक्तब्यमार्फत सरकारले पीआरको सुविधामा समेत केही हदबन्दी लगाएपछि यतिखेर नागरिकता लिने ह्वात्तै बढेका छन्।

पहिलो पीआर प्राप्त गर्नेले पनि सरकारका विविध सहुलियत र सुविधा प्राप्त गर्दै आए पनि सन् २०२२ को जनवरीदेखि लागूहुने गरी कल्याणकारी सहयोग प्राप्त गर्न चार वर्ष कुर्नुपर्ने छ। पीआर प्राप्त गरेपछि पनि नागरिक बन्नका लागि अनेकन खुटकिला पार गर्नुपर्ने हुन्छ। जसमा पीआर पाएर कम्तीमा पनि अस्ट्रेलियामा चार वर्ष बिताएको हुनुपर्छ । त्यसपछि मात्र तपाईँ नागरिकताको आवेदनका लागि योग्य हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस