कोरोना भाइरसको संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

 

काठमाडौं, ०७ जेठ । गुल्मीका कोरोना भाइरस संक्रमित बिरामीको मृत्यु भएको खबर छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका ती बिरामीको बुधबार मृत्यु भएको जनाइएकाे छ ।

एकसाता अघि उच्च ज्वरो आएसँगै रुघाखोकीले सताएपछि उनी रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्नापछि सिकिस्त भएका उनलाई आइसियूमा राखेर उपचार गरिदै आएको थियो । तर यसकाे स्वास्थ्य मन्त्रालयले भने औपचारिक पुष्टि गरिसकेकाे छैन ।

याे सँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । यसअघि नेपालमा कोरोनाबाट एक सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र अर्का बाँकेका एक युवककाे ज्यान गइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस