होटलमा मृत भेटिएकी बुटवलकी सुदीक्षा मृत्यु घटनामा पूर्वप्रेमी समातिए, सदीक्षाले आफै फोन गरेर भेट्न बोलाएको खुलासा

बुटवलकी सुदीक्षा मृत्यु घटनामा पूर्वप्रेमी पक्राउ परेका छन् । पकउ पर्नेमा पूर्वप्रेमी बुटवल उपमहानगरपालिका(३ का २० वर्षीय असीम श्रेष्ठ रहेका छन् । ७ दिनअघि बुटवलको गोलपार्क होटेलमा १६ वर्षीया सुदीक्षा गुरुङ मृत भेटिएकी थिइन् ।

शुक्रबार राति होटेलमा गएका दुवैजनामध्ये शनिबार बिहान श्रेष्ठले बिल तिरेर निस्केका थिए । होटेलमा यी दुई सँगै बस्ने श्रेष्ठ रहेको पत्ता लगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । एसइईपछि स्टाफ नर्सका पढ्ने तयारीको लागि काठमाडौं गएकी सुदीक्षा असार २३ गते बुटवल आइएकी थिइन् ।

केही समयदेखि सम्पर्कविच्छेद भएका दुई जनाबीच असार २४ मा सदीक्षाले फोन गरेपछि भेटघाट भएको अनुसन्धानबाट खुल्न आएको छ । अमरपथमा पसल गर्ने श्रेष्ठ होटल पुग्नुअघि सदीक्षाले दाइ आउँदै हुनहुन्छ भन्दै कोठा बुक गरेको पनि प्रहरी अनुसन्धानले बताएको छ ।

मृतकका बुबा सन्दीप गुरुङले होटेल सञ्चालक रामप्रसाद अर्याल र श्रेष्ठलाई आ त्मह त्या दुरुत्साहन कसुरमा जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस