तपाइँको हातमा टिक्दैन पैसा ? यी उपाय गर्नुहोस् :सोचेको पूरा हुन्छ

पैसा कमायो तर गुमिहाल्यो भने त्यसको महत्व नै छैन । आजको समयमा पैसाको बचत गर्न नसक्ने मानिस समाजमा गनिदैन नै । आजको समयमा सबैभन्दा बढी मेहनत पैसा कमाउनमा लाग्छ । यहाँ सम्म कि यसको महत्व हाम्रो जिवनमा कति सम्म रहन्छ कतिपयलाई ख्याल नै हुदैन । तर यति मेहनत गरेर कमाएको पैसा हाम्रो पर्समा टिक्दैन, यसैले कुनै समयमा ठुलो समस्या उत्पन्न गर्न सक्छ ।यो यस्तो प्रकारको चिज हो जुन तपाई जहाँ जादा पनि भुल्न सक्नुहुन्न । किनकी यसमा हाम्रो अत्यन्तै महत्वपूर्ण चिजहरु राखिएको हुन्छ । जस्तै एटीएम कार्ड, लाईसेन्स, आइडेन्टी कार्ड, परिचय पत्र तथा यस्तै बिभिन्न प्रकारका दैनिक जिवनमा प्रयोगमा आउने महत्पूर्ण कुराहरु ।

यस्ता प्रकारका चिजहरुले मानव जिवनमा महत्वपूर्ण स्थान कायम गरेका हुन्छन् । यो संगसंगै सबैभन्दा महत्वपूर्ण कुरा के हो भने पैसा, शायदै अब त बुझिसक्नु भयो होला हामी पर्स र पैसाको बिचको अन्तरसम्बन्धलाई जोड्दै छौ । यी सबै चिजहरु हुदा हुदै पनि पर्समा पैसा रहन सकेन भने सायदै तपाईलाई खिन्नता उत्पन्न हहुन सक्छ ।प्राय मानिसहरु पर्सको प्रयोग गर्दैनन् । किनकी पर्समा पैसा राख्दा सह रंहदैन, अथवा पैसाको बचत हुन सक्दैन, खर्च हुन्छ भन्ने मान्यता राख्दछन् । जसकारण पर्स प्रयोग गर्न उनिहरुलाई त्यती उचित लाग्दैन । वास्तु शास्त्र ले पनि यसलाई दरिद्रताको एक कारण मान्दछ ।

वास्तुसास्त्रका अनुसार तपाई आफ्नो पर्समा माता लक्ष्मीको एउटा तस्वीर राख्नुहोस्, यस्तो पनि मानिन्छ कि माता लक्ष्मीको तस्वीर राख्नाले लक्ष्मी प्रसन्न भएका बेला तपाईको पर्समा पनि आउन सक्छीन् । तपाईको पर्स कहिल्यै खालि हुदैन । यदि यसो गर्दा पनि अधिक मात्रामा खर्च भइरहेको छ भने केही चुट्की चामल राख्नुहोस यसो गर्दा तपाईको अनावस्यक खर्च हुन पाउदैन ।यदि तपाई आफ्नो पर्समा पैसा टिकाउन चाहनुहुन्छ भने खाने चिजहरु पर्समा भुलेर पनि नराख्नुहोस । बरु पबित्र चिजहरु राख्नुहोस । कण्डम जस्ता चिजहरु पनी पर्समा नराख्नुहोस । धार्मीक चिजहरु पनि पर्समा राख्न सक्नुहुनेछ, जस्तै रुद्राक्ष पनि एक हो । यसो गर्नाले धनधान्य बृद्धी हुने संभावना रहन्छ ।

वास्तुसास्त्रका अनुसार एउटा अर्को उपाय पनि बताइएको छ की, शायद यस्तो उपाय तपाई हरुलाई अलि अचम्मको लाग्न सक्छ । तर यस उपायले पनि फाइदा लिन भने अवस्य पनि सकिन्छ । यसको लागि गाइको गोवर आफ्नो पर्समा राख्नुपर्नेहुन्छ । यसबाट महालक्ष्मी को बास गर्ने संभावना रहन्छ ।जसकारण बेफजुल खर्च हुनवाट रोकिने संभावना रहन्छ ।वास्तुशास्त्रका अनुसार अर्को उपायपनि बताइएको छ कि तपाईको मनोकामना एउटा रातो कागजमा लेखेर रातो रंगको खाममा राखेर पर्समा राख्नुहोस, यसले तपाईको मनोकामना पूरा हुने संभावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस