कालसर्प भनेको के हो ? यसको निर्माण कसरी हुन्छ ? यसको समाधान के हो त ?

हिजोआज कालसर्प योगको बारेमा धेरै चर्चा सुनिन्छ । कालसर्प योग भनेको के हो ? कालसर्प योगको निर्माण कसरी हुन्छ ? र यसको समाधान के हो त ?राहु र केतु यी दुई ग्रह सौर्यमण्डलमा सँधै १८० डिग्रीको अन्तरमा हुने गर्दछन् । कहिले पनि यि दूइको दुरी घटबढ हुँदैन । जब सौरमण्डलमा राहु र केतु को एक पट्टि मात्र सबै ग्रह हुन पुग्दछन् त्यो समयमा कालसर्प योग हुने गर्दछ ।अग्रे राहु पृष्टे केतुरन्तरश्च नवग्रहाः ।कालसर्प भवेत् योगो वंशनाशो भवेद् ध्रुवम् ।।

ज्योतिष शास्त्रको यस प्रमाणले पनि कालसर्प योग यस्तै अवस्थालाई भनिन्छ भन्ने पुष्टि गरेको छ । कालसर्प योग भएमा वंशनाश नै हुन्छ भनिएको पाइन्छ तर व्यवहारमा भने यस्तो भेटिँदैन । कालसर्प योग भएको मानिसको जिवनमा भने संघर्ष धेरै नै हुने गर्दछ । धेरै संघर्ष हुने भएकाले नै लाक्षणिक रुपमा वंश नाश हुन्छ भनेको हुन सक्ने देखिन्छ ।

कालसर्प योगलाई ज्योतिषका सबै आचार्यहरुले भने स्विकारेका छैनन् । थोरै ज्योतिषका आचार्यहरुले भने यसलाई आफ्ना ज्योतिषिय ग्रन्थहरुमा स्विकारेको भेटिन्छ । ज्योतिष शाास्त्रमा यस्ता हजारौँ योगहरु को वर्णन गरिएको पाइन्छ । राजयोग, महाराज योग, धनयोग, दरिद्र योग, मृत्यु योग, अल्पमृत्यु योग, रोग योग जस्ता योगहरु नाम अनुसार नै फल दिने गर्दछन् । कुण्डलीको १२ भावमा बसेका ग्रहहरुको आधारमा नै यस्तै विभिन्न योगहरु निर्माण हुने गर्दछन् ।

कालसर्प योग पनि कुण्डली हेरेर पत्ता लगाउन सकिन्छ । राहु र केतु ग्रहको एकातिर माात्र नै सबै ग्रहहरु भएको अवस्थालाई कालसर्प योग भनिन्छ । यस योगलाइ पुर्वजन्म का विविध दोषहरु पनि मान्ने गरिन्छ । पितृदोष , नागदोष आदि मानिन्छ । राहु र केतु को एकातर्फ मात्र नै सबै ग्रहहरु हुँदा यस्तो योग बन्ने भएकाले कुनै समयमा यो १५ दिन सम्म लगातार जन्मिने सबै मानिसहरुमा पर्न सक्ने देखिन्छ भने यो भन्दा बढी अवधीमा पनि चन्द्रमा को अवस्थाका कारण आंशिक कालसर्प योग हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस