५६ बर्षकी महिलामाथि १५ र १७ बर्षका किशोरले गरे सामुहिक बलात्कार, प्रहरीद्धारा पक्राउ

पर्सा ३२ असार । बारामा ५६ वर्षकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना किशोर पक्राउ परेका छन् । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ स्थित आफ्नै गोठ घरमा सुतिरहेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय र १७ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यही असार २५ गते राति आफ्नै गोठघरमा एक्लै सुतिरहेकी ५६ वर्षीया महिलालाई ती दुवै किशोरले रातिको ११ बजे सामुहिक रुपमा पालैपालो बलात्कार गरेका हुन्।

घटना बारे पीडित महिलाले प्रहरीलाई जानकारी गराएपछि असार २६ गते प्रहरीले दुवै किशोरलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस