युक्रेनद्धारा भारत , जर्मनी सहित पाँच देशका राजदुतलाई देश निकाला

एजेन्सी असार २६ । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्स्कीले भारत, जर्मनी सहित पाँच देशका राजदुतलाई देश निकाला गरेका छन् ।जेलेन्सकीले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका छन्। जेलेन्सकीले चारवटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै देशनिकालाको घोषणा गरेका छन्।जेलेन्सकीले युरोपेली मुलुकहरु जर्मनी, हंगेरी,चेक रिपब्लिक र नर्वेका राजदूलाई बर्खास्त गर्दै देश छाड्ने आदेश दिएका हुन्।

रसियाले आक्रमण गरेपछि जेलेन्सकीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर सहयोगको याचना गरेका थिए ।तर भारतले रुस बिरुद्ध उभिनुको सट्टा अझ बढी कच्चा तेलको आयात गर्ने लगायत व्यापार वृद्धि गरेपछि आक्रोशित युक्रेनलाई भारतीय राजदुतलाई देश छाड्न आदेश दिएको हो ।यो राजदुत निकाला प्रकरणले युक्रेन युद्धको मामलामा नेटो भित्रको अन्तरविरोध स्पष्ट भएको छ ।

साथै युद्धमा रुसले एक पछि अर्को भुभाग कब्जा गर्दै अघि बढेको छ ।अमेरीका, बेलायत बाहेक अन्य युरोपेली मुलुक नेटो सदस्य भए पनि युक्रेनलाई ठूलो परिणाममा हतियार दिन र सैन्य सहायता दिन आनाकानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस