जनताले घेरेपछि श्रीलंकाका राष्ट्रपति भागेर बाँचे

काठमाडौँ असार २५ । श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपति गोताबाया राजापाक्षको निवास घेरेपछि राष्ट्रपति राजापाक्ष भागेका छन् ।श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार राजधानी कोलम्बोमा विशाल प्रदर्शन गरिएको थियो । प्रहरीले भीडलाई तितरवितर गर्न अश्रुग्याँस प्रहार गरेको थियो ।

तर पनि नटेरी प्रदर्शनकारीहरु राष्ट्रपति निवास तर्फ अघि बढेका थिए ।आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस