कहाँबाट पलायो केपी ओलीलाई स्वस्तिमाको ‘चिसो मान्छे’ हेर्ने इच्छा ?

निर्मात्री शर्मिला पाण्डे नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छिन् ।फिल्म ‘आमा र चिसो मान्छे’की निर्मात्री पाण्डेले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेशको कुरा गरेकी हुन् ।

सोमबार अध्यक्ष ओलीको निवास पुगेर शर्मिलाले भेटे लगत्तै ओलीले शर्मिला जस्तो सक्रिय महिला पार्टीमा आउँदा पार्टीलाई फाइदा हुने प्रतिक्रिया दिएका थिए ।सो अवसरमा शर्मिलाले आँफु पहिलेदेखि नै एमाले समर्थित मानिस भएको र अब भने सक्रिय रुपमा पार्टीमा लाग्ने र फिल्म पनि बनाउने योजनाका बारेमा खुलेर कुरा राखिन् । निर्मात्री पाण्डेको यसै साता एमालेमा प्रवेश गर्ने तयारी रहेको छ ।

सो अवसरमा अध्यक्ष ओलीले पाण्डेले निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ हेर्ने चाहना राखेको निर्मात्री पाण्डेले जानकारी दिइन् ।अध्यक्ष पाण्डेले चाडै नै फिल्मको शो आयोजना गर्ने पनि बताइन् । निर्मात्री पाण्डेले सो भेटको अवसरमा आगामी ५ बर्षपछि टिकट पाए निर्वाचन लड्नेसम्मको इच्छा देखाइन् ।

प्रतिक्रिया दिनुहोस