‘कबड्डी ४’ले कमाएको २३ करोडको रेकर्ड ‘प्रेमगीत ३’ले तोड्ने अभिनेता प्रदिप खड्काको दाबी

नायक प्रदीप खड्का ३ वर्षपछि एकसाथ आफ्ना २ फिल्म लिएर दर्शकमाझ आउन लागेका छन् । प्रदिपका प्रकाश र प्रेमगीत ३ एक महिनाको अन्तरमा प्रर्दशनमा आउन लागेका छन् ।प्रदीपको भदौको १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रकाश’ले भने उनका अघिल्ला फिल्मको रेकर्ड ब्रेक गर्ने दाबी समेत गरेता पनि छोटो समयको अन्तरमा २ फिल्म प्रर्दशन गर्न

लागेका प्रदिपले सोचेजस्तो व्यापार गर्न के गर्लान् भन्ने प्रश्न उब्जिएका बेला दशैंको छेको पारेर उनको अर्को बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ को प्रर्दशनको तयारी थालिएको छ ।हिन्दी भाषामा समेत डबिङ गरिएको फिल्मलाई लिएर निर्माणपक्ष त उत्साहित छ नै अझ बढी उत्साहित छन् प्रदिप । प्रदीपले आफ्नो यो फिल्मले ‘कबड्डी ४’को रेकर्ड ब्रेक गर्ने दाबी गरेका छन् ।

प्रदिपको यो भनाई वास्तविक सावित भएमा उनी नेपाली फिल्म क्षेत्रको नम्बर १ नायकको स्थानमा पुग्नेछन् । तर यो उनको आत्मविश्वास हो या महत्वकांक्षा भन्ने कुरा फिल्म प्रर्दशन भएको पहिलो साता नै थाहा लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस