प्रचण्ड र आरजु देउवा दिल्लीमा किन भेटेको ? प्रचण्डलाई मोदिले नभेटेर औकात देखाइदिएकै हो ! (भिडियो सहित)

संयुक्त जनान्दोलन मोर्चा नेपालका महामन्त्री सकुल शाहले भारत पुगेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन पनि जान्छु भनेकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेटेको बताएका छन् । भारत भ्रमणको क्रममा प्रचण्डले अपरिपक्व व्यवहार देखाएकाले मोदीले नभेटेका पाण्डेको टिप्पणी छ ।

‘प्रचण्डजीले भारत जाने क्रममा विमानस्थलमा सम्भवतः भारतबाट आउनेवित्तिकै चीन पनि जान्छु भन्नुभयो । मोदीले त्यसो भए म पनि भेटदिनँ भनेर भन्नुभयो ।’ प्रचण्डले त्यस्तो बोल्नु अपरिपक्व प्रवृत्तिको उपज भएको शाहले टिप्पणी गरे ।

त्यस्तै, उनले प्रधानमन्त्री शेरबहादुर देउवामा पनि अमेरिकाको छानामुनि रहनुपर्छ भन्ने सोच रहनु अपरिपक्वता भएको उल्लेख गरे । ‘शेरबहादुरजीको अर्काे अपरिपक्व सोच अमेरिकाको छातामुनि रहेपछि केही पनि गर्नुपर्दैन भन्ने छ । यी दुबै कुराले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र नेपाललाई बलियो बनाउने कुरामा बल पुग्दैन ।’

प्रतिक्रिया दिनुहोस