हरेक-बिहान भिजेको चना खानुका फाईदै फाईदा !

काठमाडौं । पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ।

उसो त चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ । त्यसमा पनि पुरुषहरुका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै महत्वपूर्ण तथा लाभदायक मानिन्छ । हरेक बिहान भिजेको चना चपाउनुका फाइदा यी हुन्:

भिजाएको चना उर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ । भिजाएको चनामा धेरै फाइबर पाइन्छ । यसले पाचन क्रियालाई सन्तुलित पार्दछ र कब्जियत पनि हटाउँदछ । हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाने गर्नुस् ।

यसले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या बढाउँदछ । भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन शक्ति तथा यौन क्षमता पनि बढाउँदछ । पटक-पटक पिसाब गइरहनुपर्ने तथा पाइल्सको समस्या छ रु यदि त्यसो हो भने नियमित रुपमा रहेक बिहान भिजेको चना खाने गर्नुस् ।

छालालाई स्वस्थ राख्नका लागि तथा चिलाउने, दाद, धब्बा जस्ता समस्या कम गर्नका लागि पनि नियमित रुपमा भिजेको चना खाने गर्नाले फाइदा पुग्दछ । शरीरको वजन वृद्धि गर्न, मांशपेशी बढाउन तथा ससक्त बनाउन पनि चनाको नियमित सेवन गर्नुपर्दछ ।

भिजेको चनाको नियमित सेवनले सरीरमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै रुघाखोकीको समस्या पनि कम गर्दछ । रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न तथा मुटु र रगत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ । चना आइरनको राम्रो श्रोत हो । भिजाएको चना नियमित रुपमा खानाले रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस