मेहेन्दी र चुराले भन्दा जिम्मेवारीले सजिएकी नारी कयौँ गुणा सुन्दरी हुन्छिन्

काठमाडौं । आफ्नो धर्म, संस्कार र संस्कृतीको जगेर्ना गर्नु सबै नागरिकको दायीत्व हो ।

तर धर्म, संस्कृती र संस्कार मनाउँने नाममा भड्किलो जीवनशैली, तडकभडक दैनिकी, रवैयायुक्त व्यवहार उजित हुन्न ।

घाँटी हेरेर हाड निल्नु भन्ने उखानलाई नबुझ्दा चाडपर्व र धर्म संस्कृती मनाउँदै कतिपय ऋणको बोझ बोकिरहेका घटनापनि छन् ।

अहिले अरुलाई देखाउँनपनि चाडपर्वमा किनमेल राम्रै गर्ने देखाउँने चलन छ ।

यसैले हामीले देखावटीपन कम गरौँ भनेर मेहेन्दी र चुराले भन्दा जिम्मेवारीले सजिएकी नारी कयौँ गुणा सुन्दरी हुन्छिन् भन्ने सत्यता दर्शाएका हौँ ।

यद्यपी यहाँहरु सबैलाई पहिलो साउने सोमबारको शुभकामना । भगवान शिवको व्रत बस्नुभएका सबै भक्तजनहरुमा सम्मानभाव !!

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ ।

भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन्, त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस