विबाह गरे लगत्तै पति भागेर तनावमा रहेकी राखीका प्रेमी पनि भेट्न बोलाएर भागे

विबादास्पद अभिनेत्री तथा टेलिभिजन शोकी प्रस्तुता राखी सावन्तले दिल्ली पुगेर प्रेमी नभेटेपछि जहाजमा रुँदै फर्किइन् छिन् ।परम्परागत पोशाकमा सजिएकी नायिका राशिले प्रेमी आदिल खानका लागि आँफुले विशेष समय लिएर आएको भएता पनि उनीसँग भेट नभएको बताएकी छिन् । उनले पत्रकारहरुलाई आफ्नो आदिलसँग भेट नभएको बता उँदै आँखाभरी आँशु पार्दै भनिन् ‘मैले यो आदिलका लागि गरेको थिए ।

म विशेषगरी यस्तो परम्परागत पोशाक उसको लागि सजिएर गएकी थिएँ किनभने आदिल म यस्तै पहिरनमा भएको हेर्न चाहन्थ्यो । दिल्ली गएर उसलाई धेरै पर्खिएँ तर उ आएन । फ्लाइटमा बसेर करिब दुई घण्टा रोएँ ।

रुँदारुँदा मेरो गाजल सबै गयो । म अब उसलाई कल गर्दिनँ । म धेरै दुःखी छु ।’ आदिल खानसँग जिम, एयरपोर्ट, पार्टी र कार्यक्रमहरुमा देखिदै आएकी राखिले प्रेमी आदिल खानले आफ्नो चित्त दुखाएको भन्दै पूर्वपति रितेशझैँ आदिल पनि भागेको बताइन् ।राखीका पूर्वपति रितेश सिङ विवाह गरेको केही समयमा नै उनलाई झेल्न नसकेर भाग्न बाध्य बनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस